fbpx

झापा दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगायो

author

समाचारपाटी

२ years अगाडि

 बनियानी झापा । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयाे । शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै स्तम्भ खोजी कार्य भइरहेको उहाँले बताउनुभयाे ।

असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन् । अविरल वर्षाका कारण दमक–४ ताराबारीस्थित मावा खोलामा बाढी आई खोला किनार रहेको खाली ऐलानी जग्गा कटान गरेको वडा कार्यालयले जनाएको छ ।

बाढीले करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ कटान गरेको छ । अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटिएको प्रहरी टोली र दमक–४ वडा कार्यालयको पहलमा कटान रोकथाम गरिएको छ । जिल्लाको बाह्रदशी–२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् ।

गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित भएकामा हाल अवस्था सामान्य बन्दै गएपछि विस्थापित घर फर्किका छन् ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर