fbpx

झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेकपा एकीकृत समाजवादी की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गर्नुभएको छ । संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले जात्रा देखाएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।

बुधवार काठमाडौं आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवालु विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले नागरिकलाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिनुभयो ।

सचिव झाँक्रीले ठूला दलहरूले नागरिकको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याउनुभयो । उहाँले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढङ्गले नागरिकको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

सचिव झाँक्रीले भन्नुभयो, ‘संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले नागरिकलाई निराश बनाएको छ ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब नागरिकको अवस्था परिवर्तन हुने गरी काम गर्ने गरी सबै राजनीतिक दलले योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले बदलाको भाव राखेर देशलाई समृद्ध बनाउन नसकिने पनि बताउनुभयो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन