नेकपा (एस) ले गलत बाटो लियो, राष्ट्रिय महाधिवेशनमा सच्याउनु पर्छः झलनाथ खनाल

author

समाचारपाटी

१ year अगाडि

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई सही बाटोमा ल्याउनुपर्ने बताउनुभएको छ । 

पार्टीले वर्ग आत्मसमर्पणवादको बाटो लिएकाले आगामी राष्ट्रिय महाधिवेशनबाट त्यसलाई सच्याउनुपर्ने सम्मानित नेता खनालको भनाई थियो । समाजवाद अध्ययन तथा अनुसन्धान केन्द्रले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीबाट श्रमजीवि वर्गबाट टाढा पुर्याउने काम विद्यमान मोर्चाबन्दीले गरिरहेकाले त्यसलाई सच्याउने कुरालाई ध्यानमा राखेर पार्टीले आगामी महाधिवेशनको तयारी गर्नुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले वर्ग समन्वयको बाटोबाट मुलुकमा श्रमजीवि वर्गको हित हुनै नसक्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रधान प्रतिद्वन्दीसँग कुनै मोर्चा बन्दैन । यदि बनाइयो भने त्यो गलत हुन्छ । त्यो वर्ग समन्वय हुन्छ । त्यसले वर्ग संघर्ष गर्ने होइन, वर्ग समन्वय गराउँछ त्यसले । वर्ग आत्मसमर्पणवाद गराउँछ त्यसले । र, वर्ग संघर्ष होइन, त्यसबाट पार्टीलाई विमुख बनाउँदै लैजान्छ । अहिले हामी हाम्रो श्रमजीवि वर्गबाट जसरी टाढिएका छौं नि । परिणाम त्यही हो । हो, यही कुरालाई सच्याउन हामीले राष्ट्रिय महाधिवेशनमा सच्याउन सक्नुपर्छ । राष्ट्रिय महाधिवेशनका सामु धेरै गम्भिर महत्वका कार्यभारहरु छन् । ती कुरालाई ध्यान राखेर हामीले अगाडि बढ्नुपर्छ । ’

सम्मानित नेता खनालले नेपालमा हाल तत्काल बामपन्थीहरुबीच एकता सम्भव नभएपनि कार्यगत एकता हुनसक्ने पनि दोहोर्याउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’