fbpx

जबजको कुरा हाम्रो भन्दा केपी ओलीको बढी सुन्छन्ः झलनाथ खनाल

author

समाचारपाटी

५ महिना अगाडि

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ । सोमवार पार्टीको केन्द्रिय परिषद् बैठकमा बोल्दै सम्मानित नेता खनालले पार्टीको कार्यदिशा र कार्यनीति स्पष्ट हुनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीले पार्टीले जनताको बहुदलिय जनवाद र समाजवाद दुवै कुरा भनिरहेको भन्दै जबजमा जाने कि समाजवादमा जाने स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले पार्टीले जबज भनेमा मानिसहरु एमालेतिर जाने बताउनु भयो । उहाँले एमाले ठूलो जबजवाला भएको भन्दै मानिसहरुले जबजको कुरा आफूहरुको भन्दा केपी ओलीको बढी सुन्ने बताउनु भयो । उहाँले पार्टीले जबज मान्ने कुरा खतरा हुने बताउनु भयो । उहाँले यस विषयमा आवश्यक छलफल र बहश गरि स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सम्मानित नेता खनालले रुसमा पनि बहुदलिय जनवाद भएको उल्लेख गर्दै लेनिनले जबज किन मान्नुभएन ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनबाट यि सबै कुरामा प्रष्टता आउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘हामीले आउने महाधिवेशनलाई हरप्रकारले सफल महाधिवेशनको रुपमा सम्पन्न गर्न सक्नुपर्छ । त्यो महाधिवेशनमा प्रस्तुत गर्ने हाम्रा कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति, क्रान्तिको कार्यक्रम छ । हाम्रो क्रान्तिको बाटो छ यि कुराहरुमा छ्याङ्ग हुनेगरी हामीले हाम्रा नीतिहरु तय गर्न सक्नुपर्छ । कहिले हामी जबज पनि भन्छौँ कहिले समाजवाद पनि भन्छौँ । कता जाने त ? जबज तपाई भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ नि त मान्छेले ? ठूलो जबजवाला त एमाले छ । हामीले जबज भन्यो भने त हामीले भनेको सुन्ने भन्दा केपीले भनेको चाहीँ बढ्ता सुन्छ हेर्नुस् । त्यो खतरा हुन्छ । हामी क्लियर हनुुपर्छ । समाजवादमा जाने हो भने समाजवाद र पुँजीवादको बिचमा भिन्नता के हो ? यो कुराको बारेमा एकदमै छ्याङ्ग हुनुप¥यो । शीरदेखि तिरसम्म छ्याङ्ग हुनुप¥यो । अनि मात्रै हामी समाजवादको बाटोमा जान्छौँ । पुँजीवाद र समाजवादमा त आधारभुत होइन कि गुणात्मक भिन्नता छ । यो गुणात्मक भिन्नताको बारेमा अहिलेपनि हाम्रो पंक्तिमा प्रष्ट छैन । यो प्रष्ट पार्नका लागि व्यापक बहश र अध्ययन जरुरत छ । जबजको बारेमा किन लेनिनले जबज मान्नुभएन ? के कारण थियो ? बहुदलिय जनवाद त रुसमा पनि थियो त । किन मान्नुभएन ? बहश गरौँ यसमा । कोही कमरेडको बिरुद्धमा बोल्ने कुुरा होइन यो । हामीले हाम्रो सैद्धान्तिक समझलाई उन्नत बनाउने कुराको लागि यि कामहरु गर्ने हो ।’

उहाँले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिइ कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताउनु भयो । उहाँले यि दुई देशले नेपाललाई चीन बिरोधी अखडाको रुपमा रुपान्तरित गर्न लागेको पनि बताउनु भयो । उहाँले तत्कालिन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि वाह्य कारण पनि थियो भनेर समिक्षा गर्नुपर्ने बेला आएको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘उहाँले हामीलाई पनि त्यसको बाछिटाले छुने गरेको छ । क्रान्तिकारी दिशा नलिइकन कम्युनिस्ट आन्दोलनलाई पुनःगठन गर्न सकिन्न । अमेरिकी साम्राज्यवाद र भारतीय प्रभुत्ववाद हाम्रो देशलाई हर प्रकारले नियन्त्रणमा लिन, यहाँको कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउन र यो देशलाई चीन बिरोधी अखडामा रुपान्तरित गर्न उनीहरु टुप्पीदेखि पाइतालासम्मको बल लगाएर हिँडिरहेका छन् अहिले । बिआरआई सँग एउटा सम्झौता गर्नसम्म दिँदैनन् । हाम्रो देशको प्रधानमन्त्री बेइजिङ जान्छ । तर एउटा सम्झौता गरेर आउन सक्दैन । किनभने यहाँ घुच्चुकमा समात्ने छ कोही शक्ति । त्यो शक्तिले गर्दा उसले सक्दैन । उसमा आँट नै आउँदैन । त्यो खालको स्थिति छ । उनीहरुले त्यसरी नियन्त्रणमा लिन खोजिरहेका छन् । त्यो नियन्त्रणमा लिनको लागि सबभन्दा ठूलो अवरोध यो देशमा कम्युनिस्ट आन्दोलन थियो । हिजो संसदमा दुई तिहाइ नजिकको कम्युनिस्ट पार्टी थियो । त्यत्रो शक्तिलाई तहसनहस गरियो अहिले । यो केपी ओलीकै कुबुद्धिको कारण मात्रै हो कि ? अरु केही कारण पनि छ कमरेड ? भित्री कारण मात्रै छ कि ? यसमा बाहिरि कारण पनि छ ? हाम्रा पनि के–कति कमजोरी छन् यसमा ? सबैले सोच्नुपर्ने स्थिति छ । राम्रो ढंगले समिक्षा गर्नुपर्ने स्थिति छ । समिक्षा गरेर अगाडी बढ्नुपर्छ । हामी साम्राज्यवादीहरुको पकड लगातार बढिरहेको देख्दैछौँ । दक्षिणपन्थीहरुको शक्ति लगातार बढिरहेको छ । हाम्रै मद्दतले उनीहरुको शक्ति बढिरहेको छ ।’

उहाँले नेपालका कम्युनिस्ट पार्टीहरु समाजवादी क्रान्ति हाँक्ने पार्टी बन्न नसकेको भन्दै त्यस्तो पार्टी बनाउने जिम्मा आफूहरुको काँधमा आएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन