fbpx

‘समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्रै नबनोस्’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं I पूर्वप्रधानमन्त्री नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई सत्ता टिकाउने मोर्चा मात्र नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको छ ।


सोमवार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले समाजवादी मोर्चा केवल सत्ता टिकाउने मोर्चा मात्रै नबनाउन नेताहरुलाई आग्रह गर्नुभएको हो । उहाँले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई एकतावद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताउनु भयो । उहाँले यो समाजवादी मोर्चालाई अझ बिस्तार गर्नु आवश्यक रहेको बताउनु भयो । आज बनेको मोर्चा, मोर्चा निर्माणको पहिलो पाइला मात्रै भएको उहाँको भनाई छ । 


उहाँले भन्नुभयो – ‘अहिले जुन प्रकारको यो मोर्चा बनेको छ । मलाई लाग्छ यो मोर्चाको निर्माण पहिलो पाइला हो । यो पहिलो पाइला मात्रै हो । सिंगो देशका समस्त देशभक्तहरुलाई, समस्त वामपन्थीहरुलाई, समस्त समाजवादीहरुलाई, समस्त क्रान्तिकारीहरुलाई हामीले एकतावद्ध नगरेसम्म हाम्रो देशमा सही विकल्प निर्माण हुन सक्दैन । त्यसो हुनाले हामीले यो मोर्चालाई अझै व्यापक बनाउनुपर्ने आवश्यकता छ । अझ बिस्तार गर्नुपर्ने आवश्यकता छ । म चारै दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खालि सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस् । यो मोर्चा साँचो अर्थमा आमुल परिवर्तनको मोर्चा बनोस् । यो मोर्चा सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्ने मोर्चा बनोस् । यसरी मात्रै हामी यो देशको भविष्यलाई उज्यालो बनाउन सक्छौँ । देशको भविष्यलाई उज्यालो बनाउने भनेको समाजवादी लोकतन्त्र समाजवादी गणतन्त्रमा पुगेर मात्रै हो । हाम्रो लक्ष्य समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्रमा नपुगेसम्म आजको जुन शोषण, दमन, अन्याय, अत्याचार समाप्त हुँदैनन् । यसकारण यिनलाई समाप्त गर्ने हो भने एकमात्र विकल्प समाजवाद हो ।’ 
उहाँले देशको भविष्यलाई उज्यालो बनाउनका लागि आफुहरुको लक्ष्य समाजवादी गणतन्त्र भएको बताउनु भयो । उहाँले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एकमात्र विकल्प समाजवाद भएकाले आफूहरु त्यसप्रति प्रतिवद्ध रहेको बताउनु भयो । 


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने