सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ खनाल

author

समाचारपाटी

१ महिना अगाडि

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शासन सत्तामा पुग्नेहरुले गरेका विकृतिका कारण लोकतान्त्रिक गणतन्त्रको बदानाम भएको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आम सर्वसाधारणको जीवनयापन उकास्न तथा देशमै उद्योगधन्दा स्थापना गरी रोजगारीको व्यवस्था गर्न २०६२÷०६३ को क्रान्ति भएको बताउनु भयो । उहाँले क्रान्तिमार्फत जनताले गरेको आशा र भरोषामाथि सत्तामा पुग्नेहरुले वास्ता नगरेको आरोप लगाउनुभयो । नेताहरु दलाल पूँजीपतिहरुको दलाली गर्ने र कमिसनतन्त्रमा रमाउन थालेकाले लोकतन्त्रमाथि अनेक किसिमको प्रहार हुन थालेको उहाँको भनाइ छ ।  
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा जुन प्रकारको शासन सत्ता छ, नाम कम्युनिष्ट पार्टीसमेत राखिएका छन् तर कम्युनिष्ट पार्टीको नाम राखेपनि तिनीहरु वास्तवमा दलला पुँजीपति वर्गको दलाली गर्ने बाहेकका अरु कोही पनि छैनन् । त्यो किसिमको दलाली गर्ने कारणले गर्दा कमिसनको एउटा भोटले गर्दा हाम्रो देशका नेताहरु पनि एकपछि अर्को बिक्रीपट्टामा भइरहेका छन । कमिशनखोरहरुले किनिदिन्छ उनीहरुलाई रातारात । जस्ले गर्दा देशमा विकृति र विसंगतिका डङ्गुर लागेको छ ।  यो डङ्गुर लाग्ने कुराले आज गणतन्त्रसमेत बदनाम हुँदै गइरहेको छ । लोकतन्त्रसमेत बदानाम हुँदै गएको छ । हामीले गणतन्त्र ल्याएको नितान्त दलाल पुँजीपति वर्गको सेवाको निम्ति होइन । दलाल पुँजीपति वर्गले जे जे भन्छ त्यसको निर्देशनमा काम गर्नका लागि होइन । हाम्रो देशका आमश्रमिक वर्गको हित हुनेछ, देशका आमकिसानका हित हुने छ, यो देशको कृषिले आधुनिकीकरणको रुप लिने छ, आधुकि प्रविधिद्वारा भूमिसुधार गरिने छ, देशकै कच्चापदार्थमा आधारित व्यापक उद्योगधन्दा स्थापना गरिने छ र हाम्रो देशको राष्ट्रियतामाथि खडा भइरहेका अनेक वितण्डाका विरुद्ध पनि दृढतापूर्वक राज्यलाई एकताबद्ध गरेर अगाडि बढाउन सक्ने छौ कि भनेर पो २०६२÷०६३ को क्रान्ति भएको हो त । र त्यो क्रान्तिमार्फत नेपाली जनताले जुन सपना देखेका थिए, त्यो सपनालाई वास्तवमा भन्ने हो भने संविधान निर्माण भएपछि सत्तामा पुगेका सत्ताधारीहरुले कहिल्यै पनि वास्ता गरेनन्, त्यो वास्ता नगर्नुको परिणाम हामीले अहिले भोगिरहेका छौँ ।’ 


पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले राज्यसत्तामा हुनेहरुको नीतिहिनता र अकर्मण्यका कारण देशमा प्रतिगमणकारी शक्तिहरु सल्बलाउने मौका पाएको बताउनुभयो । उहाँले सबै किसिमका प्रतिगमनकारीहरुलाई परास्त गरी देशलाई आमुल परिवर्तनको दिशामा लैजान तत्काल पहलकदमी थाल्नुपर्नेमा जोड दिनुभयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’