जाजरकोट । गत मंसिर २६ गते छेडागाड नगरपालिकामा जिप दुघर्टनामा परि ज्यान गुमाउनेका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारिमा सञ्चालित सहयात्रा दोस्रो परियोजनामार्फत छेडागाड ५ लेवाका पीडित पाँच परिवारलाई खाद्यान्नसहितको अत्यावश्यक सामग्री प्रदान गरिएको हो।
लेवा गाउँका पाँच परिवारका अभिभावक र सदस्यको निधन भएपछि आश्रित परिवारलाई सहयोग स्वरुप राहत बाँडिएको पाँचतारा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताउनुभयाे। पाँच परिवारका १५ बालबालिकालाई लक्षित गरी प्रति परिवार १० हजार ६ सय रुपैयाँका दरको खाद्यान्न र बन्दाबस्तिका सामग्री प्रदान गरिएको पन्तले बताउनुभयाे। दुघर्टनामा परि जाजरकोटका नौ र दैलेखका तीन जनाको मृत्यु भएको थियो।