बझाङ । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जीप दुर्घटना हुँदा त्यही वडाको बुड्खोरीका २५ वर्षीय रेशम महतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रमुख एवम् वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप ब्रेक फेलु भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा छ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा मृत्यु भएको उपरीक्षक शाहले जानकारी दिनुभयो ।
दुर्घटनामा बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालक विनोद धामीसहित नौ जना सवार थिए । चालक धामीलाई प्रहरीले पक्राउ लिएको छ ।