बाँके बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै सम्पर्कविहीन

author

समाचारपाटी

२ years अगाडि

बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९ जना अझै फरार छन् । गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए । तीमध्ये २४५ जना नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताउनुभयाे ।

उहाँका अनुसार, बाँकी रहेका ९ जनाको खोजीका लागि प्रहरी परिचालित छ । झडपका क्रममा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–४, रुपन्देहीका सुलभ केसीको मृत्यु भएको डीएसपी डाँगीले बताउनुभयाे । केसी अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीको कसुरमा सजाय काटिरहेका थिए ।

कैदीबन्दीहरुले सुधार गृहको भवनका रेलिङ, बार र पर्खाल भत्काएका छन् । प्रहरीका अनुसार, बालसुधार गृहमा पोशाकका प्रहरीको उपस्थिति हुँदैन । ‘सिभिलमा सीमित प्रहरी मात्र खटिन्छन्, सबै संस्थाले व्यवस्थापन गर्ने हो’, डाँगी भन्नुहुन्छ ।

यसअघि २ भदौमा भक्तपुरमा रहेको बाल सुधार गृहमा पनि तोडफोड गरेर कैदीबन्दीहरु भागेका थिए । भक्तपुरबाट सारिएका कैदीबन्दीले २७ भदौमा वीरगञ्जस्थित सुधार गृहमा पनि तोडफोड गरेका थिए ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन