जाइकाले डोल्मा इम्याक्ट फन्डमा १ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने

author

समाचारपाटी

२ years अगाडि

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले स्वपूँजी लगानी (प्राइबेट इक्विटी) कोष डोल्मा इम्याक्ट फन्ड (डीआईएफ) मा १ अर्ब ३२ करोड रुपैयाँ (१० मिलियन अमेरिकी डलर) बराबरको लगानी गर्ने भएको छ । जाइकाले नेपालको निजी क्षेत्रमा गर्न लागेको यो पहिलो लगानी हो ।

डोल्मा फण्ड म्यानेजमेन्ट र जाइकाबीच लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । जाइकाको लगानी मुख्यतया नेपालमा निजी क्षेत्र द्वारा प्रवद्धित स्वास्थ्य सेवा, सूचना र डिजिटल प्रविधि तथा नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरुमा प्रयोग गरिनेछ ।

जाइकाले उक्त लगानी नेदरल्याण्डसको उद्यमशीलता विकास बैंक एफएमओ, बेलायत सरकारको विकास बैंक ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट, स्वीडेन सरकारको विकास वित्तीय संस्था स्वीडेफन्ड, अमेरिकी सरकारको विकास वित्तीय नियोगसँगै सहवित्तीयकरणमा लगानी गरेको हो ।

यस सम्झौतासँगै डीआईएफ को कूल कोष अमेरिकी डलर ७१।९६ मिलियन पुगेको छ । २०१५ को भूकम्पका कारण केही समय अस्थायी रुपमा आर्थिक मन्दी भोगेका अर्थतन्त्रको पुनरुत्थान भइसकेकोले नेपाल अल्पविकसित देशको श्रेणीबाट विकासोन्मुख देशमा स्तरोन्नती हुने चुनौती नेपाल समक्ष छ ।

नेपालमा उद्योगहरु र रोजगारीका अवसरहरुको अभावका कारणले आप्रवासी कामदारहरुको बढोत्तरी हुन गएको छ, यसैले गर्दा नेपालमा उद्योगहरुलाई आशाजनक जनशक्तीको अभाव पनि भइरहेको छ । तसर्थ नेपालमा स्वास्थ्य सेवा, सूचना र डिजिटल प्रविधि क्षेत्र जस्ता सम्भावनापूर्ण क्षेत्रहरुमा थप लगानी अपरिहार्य छ । प्राकृतिक रुपमै प्रचुर मात्रामा उपलब्ध जलस्रोतको परिचालन गरी जलविद्युतको उत्पादन गर्न समेत लगानी जरुरी रहेको छ ।

डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी सिर्जना र नवीकरणीय उर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्दछ ।

source:-onlinekhabar


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान