fbpx

मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्नुपर्छ : अध्यक्ष यादव

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द यादवले अब सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र जनतालाई राहत दिने कुरामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

शुुक्रवार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लव नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सरकारले पूर्णता भएको भन्दै सो कुरा बताउनुभएको हो । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिनुभयो । राज्यले उनीहरुलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उहाँको भनाई थियो । अध्यक्ष यादवले ग्रामिण भेगका जनताका लागि सानातिनो कारोबार गर्नका लागि ऋण दिने व्यवस्थालाई सहज हुनेगरी बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्नुपर्ने खाँचो समेत औंल्याउनु भयो ।


उहाँले भन्नुभयो, ‘आज सरकारले केही बाँकी भएपनि पूर्णता पाएको छ । र, अब सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार्ने, जनतालाई राहत पु¥याउनेतर्फ केन्द्रित हुनुपर्दछ । अहिले काठमाडौंमा मिटरब्याजीबाट आक्रान्त जनताहरु १०/१२ देखि मधेसबाट हिँडेर काठमाडौं आइपुगेका र काठमाडौंमा विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेको छ ।

सरकारले मिटरब्याजबाट पीडित भएका जनताहरुको आवाज सुन्नुपर्छ । बुझनुपर्छ । र, समाधानको बाटो खोज्नैपर्छ । राज्यले यसको दायित्व लिनु पर्दछ । र, योसँगै ग्रामिण भेगमा जनताहरु सानोतिनो कारोबार वा लेनदेन वा खर्चको आवश्यक्ता परेको बेलामा त्यहाँ कुनै वित्तिय संस्थाले बैंक वा त्यसखालका संस्थाहरुले सहज रुपमा सजिलै उपलब्ध गराउन नसक्दा मिटर ब्याज दिनुपर्ने बाध्यता उत्पन्न भएको छ । यसको पनि समाधानको उपाय खोज्नुपर्दछ । सहज रुपमा गाउँका जनतालाई सानोतिनो कारोबार गर्न राज्यको पहुँच हुनुपर्दछ । त्यस किसिमका संस्थाहरुको विकास गर्न आवश्यक छ ।’

अध्यक्ष नेपालले संविधान अनुसार सबैलाई अवसर दिने काममा पनि सरकार प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन