fbpx

जसपाको संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा हुने

author

समाचारपाटी

२ हप्ता अगाडि

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

आईतवार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अध्यक्ष राईको राजनीतिक प्रविदेदन समेत सर्वसम्मत पारित गरेको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले बताउनु भयो । उहाँले पार्टीको जिल्ला र प्रदेश कमिटिहरुलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदन समेत पारित गरेको बताउनु भयो । पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टीलाई पूर्णता दिने निर्णय भएको महासचिव राईले बताउनु भयो । उहाँले बैठकमा संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टीको दोस्रो बैठक आज सम्पन्न भएको छ । एउटा अध्यक्षज्युबाट समग्र विषयमा एउटा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रश्ताव र समसामयिक प्रश्तावहरु र संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रश्तावहरु पारित भएका छन् । सांगठनिक प्रतिवेदनमा खालि भएका विभागहरु र संरचनाहरुलाई पूर्णता दिने निर्णय समेत भएको छ । हामीले संघीय परिषद्को भेला आयोजना हुनुभन्दा अगावै बाँकी रहेका जिल्ला र प्रदेश कमिटिहरु गठन गर्ने प्रश्ताव समेत पारित गरेका छौं । साथै समसामयिक राजनीति र संविधान संशोधनका एजेण्डाहरुमा चर्चा र परिचर्चा भएको छ । मुख्यतः साना दलहरु एकीकृत रुपमा मिलेर अघि बढ्ने जुन विषय छ । यस विषयमा समेत छलफल भएको छ ।’
बैठकमा मधेसवादी दलहरु एकीकृत भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.३८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन