जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुने गरेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको अर्थतन्त्र लगायतका विषयमा भएको छलफलमा यस्तो बताउनुभएको हो । उहाँले भन्सारका सरकारी कर्मचारीहरु जनतालाई सेवा भन्दा पनि आफ्नो लाभको लागि जाने गरेको बताउनु भयो । उहाँले भन्सारमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु एक किलो चिनी जनताले ल्याउँदा सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले भन्सारमा २५ वटा ट्रक सामान आउँदा २ वटाको भन्सार लिएर बाँकी सेटिङमा छाडिदिने गरेको बताउनु भयो । उहाँले भन्सारमा हुने चुहावटलाई सरकारले तत्काल रोक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ दैनिक उपभोग्य वस्तु एक किलो ल्याउँदा जनताले सास्ती भोग्नुपरेको छ । २५ वटा ट्रक आउँछन् २ वटाको भन्सार लियो र बाँकी सेटिङमा छाडिदिने परम्परा छ । त्यसैले भन्सारमा जान खोज्छन् । भन्सारमा जनतालाई सेवा होइन आफूलाई लाभ प्राप्त गर्नको लागि हो । यसलाई कसरी रोक्नुहुन्छ । दैनिक उपभोक्ता मारमा छन् । एक किलो चिनी ल्याउँदा प्रहरीले जनातालाई टर्चर लिइरहेको छ । अनि कसरी हुन्छ राजश्व सङ्कलन ? भन्सारमा आर्थिक चलखेल बढी हुने भएकाले कर्मचारीहरू पनि भन्सारमा जान उत्साहित हुन्छन् । बैंकहरुबाट लिएको कर्जा बैंकहरुमा तिर्न आउँदैनन् । यस्तो अवस्थाले वित्तीय संस्था फेलियर हुन्छ । त्यसबाट कसरी मुलुकलाई जोगाउने हो । पुँजी नभएपछि केही कार्य पनि अघि बढ्दैन । बोर्डर क्षेत्रका सबै बजारहरु सुकिसकेका छन् ।’
उहाँले ट्रक समान भन्सार चेक बिना पास हुने तर एक किलो चिनी ल्याउँदा प्रहरीले जनातालाई यातना दिइरहेको बताउनु भयो । उहाँले यस्तो परम्पराले सरकारको राजश्व संकलन लक्ष्य पूरा हुन नसक्ने बताउनु भयो । उहाँले बैंकहरुबाट लिएको कर्जा तिर्न जान छाडेको गुनासो बैंकर्सहरुको रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल