बजेटबारे ओलीको अभिव्यक्ति प्रतिशोधपूर्ण छ : पूर्वअर्थमन्त्री

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं ।सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ ।  

अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शुन्य मार्क दिनु भएको उल्लेख गर्दै उपमहासचिव शर्माले उहाँको सो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूवाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिनु भएको हो  । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम बस्तुनिष्ट हुनै नसक्ने बताउनु भयो ।

उपमहासचिव शर्माले आगामी १० वर्षको बजेटको बस्तुनिष्ट समिक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव समेत गर्नु भयो । यसरी बनेको उच्चस्तरीय आयोगले बजेटको सही मूल्यांकन गर्न सक्ने र मुलुकमा विद्यमान आर्थिक संकट समाधान गर्न सकिने उहाँको तर्क थियो ।

उपमहासचिव शर्माले भन्नु भयो, ‘चालू आर्थिक वर्षको बजेटको समिक्षा गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका मेरा आदरणीय नेता, प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीज्यूले शुन्य मार्क दिनु भयो । उहाँको उक्त मूल्यांकन सत्ताबाट विमुख हुुनुपर्दाको पूर्वाग्रह र प्रतिसोधपूर्ण भएको मैले बुझेको छु । यहाँ म कुनै दोहोरी खेल्न चाहन्न । बरु यहीदिनमा उठेका प्रश्नको तथ्यगत विवरण पेश गर्न चाहन्छु । म यो तथ्य बुझ्छु कि बजेट जनताको हितमा हुनु पर्छ ।

ताकि जनताको जीवनमा परिवर्तन आओस् । त्यसैले बजेटको बस्तुनिष्ठ समिक्षा गर्नु भन्ने मेरो मान्यता छ । त्यसको भविष्य र जनताको जीवनसँग सरोकार राख्ने बजेटलाई राजनीतिक चश्माबाट समिक्षा गरियो भने त्यसले ठिक निष्कर्ष दिँदैन । आग्रह र पूर्वाग्रह भएर समिक्षा गरौं । म सम्मानित सदनमा विगत १० वर्षमा आएका बजेटहरुको समिक्षा गरांै भन्ने प्रस्ताव राख्न चाहन्छु ।

यसका लागि अर्थविद्, नागरिक समाज, किसान, पत्रकार, पूर्व न्यायाधीश, सम्बन्धित क्षेत्रका विज्ञसमेत भएको एउटा उच्चस्तरीय आयोग वा समिति बनाऔं । आवश्यक परे यसमा स्वतन्त्र अन्तराष्ट्रिय क्षेत्रको विज्ञहरुको पनि सहयोग लिऊ । ताकि सत्ता र प्रतिपक्षका आग्रह र पूर्वाग्रहबाट मुक्त भई निकालिएका निष्कर्षहरुमार्फत् समस्याहरु कहाँ छन ? पहिचान गर्न सकियोस् ।’


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन