जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । जनकविकेशरी धर्मराज थापाको स्मृतिमा पोखरामा लोकगीत प्रतियोगिता हुने भएको छ । धर्मराज—सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको उक्त प्रतियोगिता यही चैत ६ देखि ११ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालका सबै जिल्लाका कलाकारहरुले सहभागी लिने पाउने प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी गराउनुभयाे । उहाँका अनुसार पहिलो अडिशन चैत ६ गते हुनेछ । अडिशन राउण्डमा सहभागीले आफुले मन परेको जुनसुकै लोकभाका प्रस्तुत गर्न पाउनेछन् । त्यसपछिको राउण्डमा भने जनकविकेशरी धर्मराज थापाले सिर्जना गरेका गीतलाई प्रस्तुत गर्नुपर्ने उहाँले बताउनुभयाे ।

अडिशनमा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन । पहिलो अडिशन पछि दोस्रो अडिशन चैत ९ गते गरिनेछ भने चैत ११ गते प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले पुरस्कार स्वरुप क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सान्तवना बापत १० हजार रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको छ । यस्तै उत्कृष्ट १० मा पर्नेलाई पनि जनही ५÷५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सबै राउण्ड बाटुलेचौर स्थित जीत पार्टी प्यालेसमा हुने उहाँले बताउनुभयाे ।

आफ्नो बुवाले सिर्जना गरेका लोकभाकालाई नयाँ पुस्तामा पुर्याउने उद्देश्य स्वरुप पहिलो पटक लोकगीत प्रतियोगिताको आयोजना गरिएको जानकारी उहाँले गराउनुभयाे । कार्यक्रममा लोकदोहोरी गायक चोलेन्द्र पौडेलले धर्मराज थापाले लोकसंगीतमा देखाएको बाटोलाई आफुले अनुसरण गर्दै आएको उल्लेख गर्नुभयाे । धर्मराज थापाका सिर्जनालाई प्रस्तुत गरी नयाँ कलाकारहरुलाई स्थापित हुन समेत प्रतियोगिता मार्फत मदत पुग्ने विश्वास उहाँको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्कीले लोकगीत प्रतियोगितालाई सफल पार्न प्रतिष्ठानबाट सक्दो सहयोग मिल्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । प्रतिष्ठान पनि पुराना सर्जकका सिर्जनालाई संरक्षण गर्न लागिपरेको र यस्ता कार्यक्रमले संस्थालाई समेत सहयोग मिल्नेमा उहाँ आशावादी देखिनुहुन्छ । कलाकारितामा निखारता ल्याउन प्रतियोगिताले सहयोग मिल्ने हुँदा इच्छुक प्रतियोगीहरुलाई सहभागी हुन उहाँको आग्रह छ । प्रा कुञ्जराज थापाले स्वागत गरेको कार्यक्रममा कर्णप्रिय संगीतालयका निर्देशक संगीतकार करण तामाङले समेत बोल्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

१८.८९°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने