fbpx

जनकपुरमा बेलायती राजदुत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपालका लागि बेलायती राजदुत रब फेन र उहाँकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाउनुभएको छ ।


मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाउनुभएको हो । त्रेतायुगमा भगवान रामजानकीले जनकपुरमै विवाह गर्नुभएकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको बताउनु भयो । फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले शौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिनुभएको छ । बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुल्हा,दुल्हनझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरु जानकी मन्दिरमा दर्शन पनि गर्नुभयो । फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाउनु भयो । उहाँहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताउनु भयो । 


जनकपुरधाममा आफ्नो २२ औं वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरुमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महशुस भएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन