पोखरा महतगौडास्थित रहेकाे जानकी माविमा वन विज्ञानको पढाई सञ्चालन

author

समाचारपाटी

२ years अगाडि

हरिप्रसाद बास्तोला, पाेखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो ।

पहिलो बर्षमा १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिक अध्ययन अध्यापन भई रहेको छ । उक्त बिषयमा पढाई सञ्चालन गर्ने जानकी जिल्लामा पहिलो भएको वन विज्ञान संयोजक शंकर भण्डारीले दावी छ । उहाँका अनुसार विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजार रुपैयाको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरि सञ्चालन गरिएको छ ।

तीन बर्षे डिप्लोमा तहको उक्त पढाईको लागि प्रति विद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको बताउँदै उहाँले
भन्नुभयो, विद्यार्थीले उक्त रकम मध्ये पहिलो बर्ष ४० प्रतिशत र दोश्रो र तेश्रो बर्षमा ३०। ३० प्रतिशतका दरले शुल्क बुझाउनु पर्ने छ ।

विद्यालयले लिने प्रवेश परिक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने एक जना विद्यार्थीलाई वहुप्राविधिक शिक्षालय एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रबृत्तिको व्यवस्था भएको उहाँले जानकारी दिनुभयो । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक बर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ ।

वन विज्ञान बिषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भई रहेको विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधिन दुई तल्ले चारकोठे उक्त भवनमा वन विज्ञानका दोश्रो र तेश्रो बर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ । विद्यालयमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर कायम गर्दै प्राविधिक बिषयको पढाईलाई जोड दिदै आएका छन् ।
रुचि भएर पनि पाएक पर्ने स्थानमा कक्षा सञ्चालन नहुँदा प्राविधिक शिक्षाबाट बञ्चित विद्यार्थीका लागि सामुदायिक विद्यालयमा बिभिन्न बिषयका प्राविधिक कक्षा सञ्चालन भएपछि विद्यार्थीका लागि वरदान सावित भएको छ ।


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन