जानकी माविको ४६ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पाेखरा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४६ औं बार्षिकोत्सव तथा
अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा आफु पढ्न नपाएपनि सन्तति शिक्षाको उज्यालो
घामबाट बञ्चित नहुन भनेर खरले छायाको भवन निर्माण गर्ने चन्द्रकान्त भण्डारी, चुडामणी भण्डारी र कर्णाखर भण्डारीलाई सम्मान गर्नुको साथै छात्रवृत्ति एव्म शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको आज एक समारोहका बिच उद्घाटन गर्दै गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक प्रयासको खाँचो औल्याउनु भयो । मुलुकको भाग्य र भविष्यसंग जोडिएको शिक्षा क्षेत्रको विकासका लागि सवै सचेत हुँदै आ–आफ्रनो जिम्मेवारी पुरा गर्नुपर्ने बताउँदै उहाँले
प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । गुणस्तरीय शिक्षामा जोड दिएको कारण पछिल्लो समय सामुदायिक विद्यालयमा क्रमिकरुपमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उहाँले महानगरले शैक्षिक विकासमा सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

जनप्रिय वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवम् अक्षयकोष दाता विरेन्द्रनारायण विजुकुच्छेले मुलुकमा दोहोरो शिक्षा प्रणालीको अन्त्य हुनु पर्ने आवश्यकता औल्याउनुभयो । पोखरा १७ वडासदस्य शिवराम भण्डारीले आफुले प्राप्त गर्ने सेवा
सुविधाबाट पाँच लाख विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभयो । सो अवसरमा सामुहिक अक्षयकोषमा जम्मा हुने र बार्षिकोत्सव सम्पन्न गर्न अभिभावकबाट करिब ८० हजार संकलन भएको थियो । विद्यालयको भौतिक एवम् शैक्षिक विकासमा योगदान गर्ने शिक्षाप्रेमी, उत्कृष्ट शिक्षक, अभिभावकलाई सम्मान गरिएको कार्यक्रममा छात्रबृत्ति एवम् कक्षागत प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थी पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुबको अध्यक्षतामा भएको कार्यक्रममा महानगर शिक्षा शाखाका अधिकृत सोमनाथ भण्डारी,वडासदस्य शिवराम भण्डारी र तारा सेवा, नेपाली कांग्रेस पोखरा १७ का सभापति डिआर भट्टराई, एमाले उपाध्यक्ष लालबहादुर राना, रास्वपा सभापति नुरबहादुर विक, वालक्लवका अध्यक्ष प्रतिक्षा मल्ल लगायतले शिक्षाको महत्व
माथि प्रकाश पार्नुभएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारीले स्वागत र शिक्षक तुलसी गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रधानाध्यापक अर्जुनप्रसाद कंडेलले विद्यालयको सांगठानिक प्रतिवेदन पेश गर्नु भएको थियो । सो अवसरमा विद्यार्थीद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थियो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन