fbpx

चोरी पैठारी नियन्त्रण गर्न मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन

author

समाचारपाटी

२ महिना अगाडि

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ । मंगलवार अर्थ समितिका सदस्यहरुले महोत्तरीको जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको हो । मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न अर्थ समितिले मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ । अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गरिरहेको छ । उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताउनु भयो । उहाँले समितिले भन्सार ऐन समेत बनाई रहेकाले भन्सारका समस्या र ऐनमा समावेश गराउनुपर्ने विषयको समेत प्रत्यक्ष अनुगमनमार्फत जानकारी दिने उद्देश्यले अहिलेसम्म नेपालगञ्ज भन्सार कार्यालय, ,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालयको अनुगमन सकिएको बताउनु भयो । उहाँले अनुगमनका क्रममा भन्सार कार्यालयहरुमा धेरै समस्या देखिएको बताउनु भयो । उहाँले भन्सार कार्यालयहरुले छोटी भन्सारहरुमार्फत धेरै चोरी निकासी भइरहेको पाएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘समितिको निर्णय अनुरुप नेपालगञ्ज भन्सार कार्यालय,कृष्णनगर,भैरहवा,विराटनगर हुँदै आज जलेश्वर भन्सार कार्यालय आइपुगेका छौं । वीरगञ्ज भन्सारको अनुगमन सकेर काठमाडौं फर्कन्छौं । भन्सारमा समस्याहरु धेरै छन् । भन्सारको कानून बनाउँदा भन्सारका दुई तीनवटा समस्या चोटी भन्सार कार्यालयहरुबाट धेरै चोरी निकासी भइरहेको छ । भन्सार ल्याव पनि निरिक्षण ग¥यौं । वास्तविकता अनुरुप भएको पाएको छैन । स्थानीय सरकार र भन्सार कर्मचारी बीचमा विवाद रहेको पाइयो । जुन स्थानीय सरकारले निर्देशन दिने र कर्मचारी स्थानीय सरकारको निर्देशन मान्ने वा भन्सार ऐन पालना गर्ने दोधारमा रहेको पाइयो । यो विषयमा कानूनमा समावेश गर्नुपर्नेछ ।’


समितिले अनुगमनका क्रममा राजश्व वृद्धिदर घट्नुका कारण, भन्सार चुहावट वृद्धि लगायतका विषयमा अनुगमन गरिरहेको जानकारी दिएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन