fbpx

युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

author

समाचारपाटी

२ महिना अगाडि

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ ।


विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको टोली बीच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसंघका सहमहासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल नेतत्वको टोली सहभागी थियो । छलफलमा युएनडिपीले नेपालमा सञ्चालित कार्यक्रमको समिक्षा गर्दे आगामी दिनमा नेपाललाई दिने विशेष कार्यक्रम सम्बन्धमा कुराकानी भएको सचिव खरालले जानकारी दिनुभयो ।  

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम व्यूरो निर्देशक समेत रहनुभएका मार्कोसले दुईपक्षीय भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३) बनाउने तथा कार्यान्वय योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिनुभयो । भेटवार्ता पछि बाकुस्थित न्युज एजेन्सी नेपालका प्रतिनिधि कृष्णा पौडेललाई संक्षिप्त प्रतिक्रिया दिँदै  सहमहासचिव मार्कोसले नेपालको सम्मुन्नत विकासमा युएनडिपीले नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सधै तयार रहेको बताउनु भयो । साथै नेपालले हिमालको मुद्दा र हानि नोक्शानीको मुद्दालाई जोडका साथ उठाएको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले जलवायु अनुकुलन कार्य, हानी नोक्शानी तथा पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार लगायत क्षेत्र युएनडिपिको प्राथमिकताको क्षेत्र भएकोले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले विशेष गरेर जलवायु प्रतिवद्धता, स्केला लगायत कार्यक्रमहरुलाई नेपाल सरकारसंगको सहकार्यमा सञ्चालन गरिने बताउनु भयो ।
युएनडिपिले राष्ट्रिय जैविकविविधता रणनीति र कार्य योजना बनाउन  नेपाल सरकारलाई सहयोग गरिरहेको छ । नेपालस्थित युएनडिपी कार्यालयले विभिन्न कार्यक्रम तथा परियोजना मार्फत नेपालको समग्र विकासको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

१०.२३°

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक