पर्साको जगरनाथपुरमा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव फेला

author

समाचारपाटी

२ years अगाडि

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका -५ मसिहानीकी अन्दाजी ४० वर्षीया कान्ति देवी मुखिया बिनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलबार साँझ ५ बजेतिर घाँटी रेटिएको अवस्थामा बिनको शव उहाँकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताउनुभयाे।

बिनका दुई छोरा र तीन छोरी छन् । छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एकजना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको  केसीले जानकारी दिनुभयाे । 

मृतक बिनलाई मंगलबार  दिउँसो वरिपरि नदेखेपछि उहाँलाई खोज्दै घर पुगेकी एकजना छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गर्नुभएकाे थियाे । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि  वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताउनुभयाे ।

प्रहरीले घटनास्थलमा बिनको टाउकोमा प्रहार गर्न प्रयोग भएको हुनसक्ने एउटा बाँसको भाटा पनि बरामद गरेको छ । शंकाको आधारमा केही व्यक्तिमाथि प्रहरीले निगरानी पनि बढाएको केसीले बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.४४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन