fbpx

अन्तर्राष्ट्रिय खेलाडीको जमघटमा पोखरामा पाँचौ पटक आइटीएफ टेनिस हुँदै

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता हुँदैछ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुन लागेको सो प्रतियोगितामा भाग लि विभिन्न १० राष्ट्रका सय बढि टेनिस खेलाडीहरु पोखरा आइपुगेका छन् । शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पुरा भएको जनाकारी गराएको छ ।

सर्किट–१ र २ गरि दुई साता सम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिनुभयाे । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागि हुनेछन् ।

पोखरा रंगशाला टेनिस कोर्टमा हुने प्रतियोगितामा चाईनिज ताईपेईबाट ५ जना, दक्षिण कोरीयाबाट १० जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनीबाट १ जना, जापानबाट ३ जना ,श्रीलंकाबाट २ जना, अष्ट्रेलियाबाट २ जना र नेपालबाट ८ जना गरी जम्मा ६४ जना खेलाडीहरु प्रतियोगितामा प्रतिस्पर्धा गर्ने संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिनुभयाे । त्यसै गरी गर्ल्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, संयुक्त राज्य अमेरीकाबाट २ जना, दक्षिण कोरीयाबाट ६ जना, ताइपेबाट ३ जना, हङकङबाट १, अष्ट्रेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी जम्मा ६४ जना गल्र्स खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

संघ कास्कीका कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले पोखरामा यो प्रतियोगिता पाँचौ पटक आयोजना हुन लागेको जानकारी दिंदै यसले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गरे । प्रतियोगितामा अनुमानित कूल आम्दानी २० लाख र खर्च १५ लाख लाग्ने बाँस्तोलाको भनाई छ । पोखरा महानगरपालिकाले प्रवद्र्धकका रुपमा ५ लाख सहयोग गरेको छ ।

प्रतियोगितामा सिंगल्स तर्फ विजेताले ३० पोईण्ट, रनरअपले १८ पोईण्ट, सेकेण्ड रनरअपले ९ पोईण्ट, क्वाटर फाईनलिष्टले ५ पोईण्ट र फस्ट राउण्ड जित्नेले २ पोईण्ट पाउनेछन भने डवल्स प्रतियोगिता तर्फ सिंगल्स प्रतियोगितामा पाउने पोईण्टको २५ प्रतिशत मात्र अर्थात विजेताले ७ पोईण्ट, रनरअपले ४.५ पोईण्ट, सेकेण्ड रनरअपले २.२५ पोईण्ट, क्वाटर फाईनलिष्टले १.२५ पोईण्ट पाउनेछन । पत्रकार सम्मेलनमा संघ कास्कीका सदस्य भिष्मराज पौडेलले पनि प्रतियोगिताका बारेमा जानकारी दिनुभएकाे थियाे ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन