fbpx

इटालीको टापुमा आप्रवासी डुङ्गा पल्टिँदा २ वर्षीय बालकको मृत्यु, ८ बेपत्ता

author

समाचारपाटी

१ year अगाडि

इटालीको लाम्पेडुसा टापु नजिकै एक आप्रवासी जहाज दुर्घटनामा एक दुई वर्षीय बालकको मृत्यु भएको छ भने अन्य ८ जना बेपत्ता भएका छन् । साथै ४२ जनाको उद्धार गरिएको छ । ५० भन्दा बढी आप्रवासी बोकेको डुङ्गा ट्युनिसियाको बन्दरगाह सहर स्फ्याक्सबाट गएको थियो । जहाजमा रहेका केही व्यक्ति पौडी खेलेर किनारमा पुग्न सफल भएका थिए भने अन्यलाई तटरक्षक र स्थानीय माछा मार्नेहरूले उद्धार गरेका थिए । बेपत्ता हुनेमा दुई साना बालबालिका पनि रहेका छन् । स्थानीय रिपोर्टका अनुसार डुङ्गाले आइभरी कोस्ट, बुर्किना फासो, गिनी–बिसाउ र मालीबाट आप्रवासीहरू बोकेको थियो । ८ सय भन्दा बढी मानिसहरू बोकेका ११ डुङ्गाहरू ल्याम्पेडुसामा अवतरण गरेका थिए । जसको आवास केन्द्रको क्षमता ४ सय भन्दा बढी छ । डुंगामा सवार आप्रवासीहरु सिरिया, इराक, इजिप्ट, मोरक्को, पाकिस्तान र बंगलादेशका नागरिक थिए । लाम्पेडुसा इटालीको दक्षिणी टापु हो । जुन वर्षौंदेखि आप्रवासीहरूको ठूलो आगमनको लागि एक हटस्पट भएको छ । गत हप्ता युरोपेली बोर्डर र कोस्ट गार्ड एजेन्सीले पश्चिमी अफ्रिकी आप्रवासन मार्गले युरोपमा अनियमित क्रसिङको संख्यामा सबैभन्दा ठूलो वृद्धि भएको बताएका थिए । जुन यस वर्ष अहिलेसम्म दोब्बर भएर २७ हजार ७०० भन्दा बढी पुगेको छ । 
सिन्ह्वा


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन