अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसक्यो : महामन्त्री थापा

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाली काँग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाली काँग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्व अघि सार्ने व्यवसायीहरु सामु प्रतिवद्धता गर्नुभयो । उहाँले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताउनु भयो । महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली काँग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने उल्लेख गर्नुभयो ।

उहाँले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसदमा प्रधानमन्त्रीदेखि संसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल ज्वरो हटाउने काम गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो अर्थतन्त्रको एउटा खालको संरचना रहेको छ । सबल पक्ष र दुलर्वपक्षहरु पनि रहेका छन् । १९९८बाट अर्थतन्त्र बिस्तारै खुला हुन थालेपछि १९९०मा अझ खुला हुँदै गयौं । त्यो बीचमा विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आउँदा एउटा ढाँचाबाट चल्दै आएका छौं । संरचनागत समस्याहरु छन् । नेपालमा १८ हजार युवालाई रोजगारी सिर्जना गर्छौं । वार्षिक ५ लाख युवाहरु श्रमरोजगारको क्षेत्रमा आउँछन् । लाखौं युवाहरु विदेशमा गएका छन् ।

विदेशमा गएर युवाहरुले पठाएको रेमिट्यान्सबाट आयात गर्ने,सरकारी खर्च गर्न समेत रेमिट्यान्सबाट गर्नुपर्ने संरचना छ । अर्थतन्त्रको संरचना परिवर्तन नगरी कुनै न कुनै समयमा अर्थतन्त्र थला पर्छ । मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ । चालु खर्च गर्न समेत नसकेको अर्थमन्त्रालयमा सबै कुराहरु अड्केर बसेको छ । अबको सरकारले यो विषयमा ध्यान दिएर काम गर्नुपर्ने छ । अर्थतन्त्रको तथ्याङ्क हेर्दा बाटोमा बसेर कराईहाल्नुपर्ने अवस्था छैन ।

पछिल्लो समय अर्थतन्त्रका सन्र्दभमा संसदमा प्रधानमन्त्रीदेखि सांसदहरु समेतले अर्थतन्त्र संकटमा छ भन्ने गरेका छन् । अब अर्थतन्त्रको संरचनागत सुधार गर्न पछाडि छोड्दै जाने हो भने अर्थतन्त्रमा समस्या आइरहन्छ । अर्थतन्त्रमा देखिएका समस्या स्मार्ट सरकारले गर्नसक्छ । सरकार स्मार्ट हुनुपर्छ । अहिलेको राजनीतिक घटनाक्रम सँगै केही दिनमा नयाँ सरकार बन्छ । सरकारले चाहेको खण्डमा अहिले चलिरहेको संसद अधिवेशनबाट नेपाल ऐनकोमार्फत २२/२४ कानून सजिलै पास गर्नसक्छौं ।’

महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताउनु भयो । उहाँले केही महत्वपूर्ण २२/२४ वटा कानूनलाई संसद्को चालु अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको भन्दै काँग्रेसले त्यसको लागि पहल गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

१ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए

‘तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा...

‘प्रधानमन्त्रीलाइ नयाँ गाडी चलाउन दिँदा स्टार्ट गर्न नपाउँदै पुरानोमा...

प्रधानमन्त्रीले प्रश्ताव प्रश्तुत गर्दै

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंशआचार्यको शब्द, संगीत र स्वर रहेको...

नवगायक सन्तोष खत्रीले ल्याए कर्मचारीको तलब सम्बन्धी गीत ‘१५...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र ६, २०७९

१२.७२°

-
Rain