टर्कीको सबैभन्दा ठूलो उड्डयन केन्द्र इस्तानबुल एयरपोर्टले बढ्दो यात्रु क्षमता समायोजन गर्न तीनवटा रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने भएको छ । यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले यस्तो घोषणा गर्नुभएको हो । १७ अप्रिल, २०२५ इस्तानबुल एयरपोर्टमा सबै तीन रनवेहरूमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन शुरु गर्ने उहाँको भनाइ छ । यसले परिचालन ढिलाइ कम गर्न अनुमति दिने बताउनु भयो । साथै इन्धन वचत र उडान दक्षता अधिकतम गर्न सकिने उहाँको भनाइ छ । यसको विस्तार योजना अन्तर्गत २०२८ सम्ममा विमानस्थलमा छ वटा रनवे हुनेछन् । नयाँ धावनमार्गहरू सञ्चालनमा आएसँगै हवाई यातायात सञ्चालनको दक्षतामा थप सुधार हुने बताउनु भयो । एयरपोर्टले गत वर्ष लगभग ७६ मिलियन यात्रुहरूलाई सेवा दिएको थियो । २०२४ मा ८१ मिलियनको संख्यामा पुग्ने लक्ष्य छ । इस्तानबुल एयरपोर्ट आधिकारिक रूपमा अक्टोबर २०१८ मा खोलिएको थियो । अप्रिल २०१९ को शुरुमा पूर्ण रूपमा सञ्चालनमा आएको थियो ।
सिन्ह्वा