टर्की प्रहरीले अल कायदाका वरिष्ठ सदस्य भएको आशंकामा दुई जनालाई हिरासतमा लिएको छ । आतंकवाद विरोधी प्रहरीले ४५ र ५१ वर्षका संदिग्धहरूलाई इस्तानबुलको एभसिलार जिल्लाको पाँच तले भवनको तहखानेबाट पक्राउ गरेको हो । अल कायदाको टर्की नेटवर्कमा संलग्न भएको आरोपमा २०१८ देखि खोजिएका दाजुभाइको रूपमा पहिचान गरिएका दुई जनालाई अदालतमा पेश गरिएको छ ।
सिन्ह्वा