गाजा पट्टीमा एक नगरपालिका भवन, तीन विद्यालय विस्थापित मानिसहरूको आवास र आवासीय घरहरूमा इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली विमानले मध्य गाजाको देइर अल–बालाह नगरपालिकाको भवनलाई निशाना बनाएको स्थानीय स्रोतले बताए । यसैबीच इजरायली युद्धक विमानहरूले गाजा शहरको अल–जला स्ट्रिटमा विस्थापित मानिसहरूलाई आश्रय दिने अल–मजिदा वासिला विद्यालयलाई मिसाइलले निशाना बनाएका थिए । गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले आक्रमणमा सात जनाको मृत्यु भएको छ र अन्य २० जना घाइते भएका छन् । एम्बुलेन्स र सिभिल डिफेन्सका कर्मचारीहरूले घाइतेहरूलाई शहरका अस्पतालहरूमा स्थानान्तरण गरेका थिए । बसालले पीडितहरूमा आमा र उनको नवजात शिशु रहेको उल्लेख गर्नुभयो । बलौसाको हत्यासँगै गत वर्ष इजरायल–हमास द्वन्द्व शुरु भएदेखि मारिने पत्रकारको संख्या १९० पुगेको हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले जारी गरेको छ ।
सिन्ह्वा