fbpx

इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि प्रधानमन्त्री दाहालले समकक्षी नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्छः एमाले

author

समाचारपाटी

१ year अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ । 


आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सो आक्रमणमा परी बन्दी जीवन विताईरहेका नेपालीहरुको तत्काल उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँका समकक्षी बेन्जामिन नेतान्याहूसँग तत्काल संवाद गर्नुपर्ने बताउनु भयो । उहाँले सो आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार गर्ने काममा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । विदेशमा रहेका नागरिकहरुको पीडालाई तत्काल सम्बोधन गर्ने दायित्व सरकारको भएकाले यो कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने प्रमुख सचेतक गिरीको भनाई थियो । 

उहाँले भन्नुभयो, ‘हिजो मात्रै दक्षिणी इजरायलमा हमासको जुन आक्रमण भयो । त्यो आक्रमणपछि त्यहाँको वातावरण अत्यन्तै भयावह भएको कुरा विभिन्न सञ्चार माध्यामहरुमा आएको छ । र, त्यसमा हाम्रा नेपाली दाजभाई, दिदीबहिनीहरु पनि त्यो घटनामा परेको र केही गम्भिर घाइते भएको, केही अहिलेसम्म हराईरहेको र केही अत्यन्तै कष्टपूर्ण स्थितिमा घर भित्र लुकेर बस्नु परेको काम गर्ने कारखाना, नर्सिङ होमलगायतका ठाउँहरुमा लुकेर बस्नुपरेको र छिटो भन्दा छिटो आफनो जीवन उद्दार गर्नका लागि अपिल गरेका विभिन्न कुराहरु बाहिर आएका छन । यतिबेला म सरकारलाई आग्रह गर्न चाहन्छु–नेपाली दाजुभाई दिदीबहिनीहरु आज विदेशमा विभिन्न काम र उद्देश्यले त्यहाँ हुनुहुन्छ । आज त्यहाँ यति ठूलो विपत्ति आइपरेको छ । वास्वतमा भन्ने हो भने एक मिनट पनि उद्धारका निम्ति, उहाँहरुको जीवन रक्षाका निम्ति हामीले ढिलाई गर्न सक्ने अवस्था छैन । यो देशमा सरकार छ । मुलुकमा राज्य छ । ती नागरिकहरुको अभिभावक यो सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले आफ्ना कदमहरुलाई अगाडि बढाउनु पर्छ भन्ने म ठान्छु । सरकारले एउटा विज्ञप्ती जारी गरेर मात्रै पुग्दैन सभामुख महोदय । सरकारले संसदमा आएर त्यहाँको घटनाको विवरण दिएर मात्रै पनि पुग्दैन सभामुख महोदय । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग फोन गर्नुपर्यो । हाम्रा नागरिकहरुको छिटो भन्दा छिटो जीवन रक्षा हुनु पर्यो । उनीहरुलाई उद्धार गर्नुपर्यो । उनीहरुको उपचारको काम तुरुन्त हुनु पर्यो । यहाँका प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्रीसँग सिधासिधा छलफल गर्नुपर्छ भन्ने म ठान्छु । त्यतिमात्रै होइन सभामुख महोदय । अहिले यूएन महासभाका बैठकहरु चलिराखेका छन । अहिले हाम्रा प्रतिनिधिहरुले अहिले नेपालीहरुले त्यहाँ भोगेका पीडाबारे विषयहरु उठाउनु पर्यो । युएनको ध्यानकर्षण गराउनु पर्यो । र, हाम्रा नेपाली दाजुभाई, दिदीबहिनीहरुको जीवन रक्षाका लागि लाग्नुपर्यो । ’
प्रमुख सचेतक गिरीले सरकारले सो आक्रमणमा परेर घाईते भएकाहरुलाई तुरुन्तै उपचारको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनु भयो । 


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक