इजरायलको चेतावनी हमासले थप बन्धक रिहा नगरे युद्ध शुरू

author

समाचारपाटी

५ महिना अगाडि

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच फेरि युद्ध शुरू हुने सङ्केत देखिएको छ । पछिल्ला घटना क्रमले युद्ध शुरू हुन सक्ने सङ्केत देखिएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यही शनिवारसम्म हमासले बन्दी मुक्त नगरे आक्रमण शुरू गर्ने चेतावनी दिनुभएको छ । उहाँले आफ्ना सेनालाई गाजाभित्र र वरपरको क्षेत्रमा खट्न आदेश दिइसकेको पनि बताएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै शनिवार गर्ने भनिएको बन्दीको रिहाइ रोक्ने घोषणा गरेको थियो । हमासको घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताउनुभएको थियो ।

सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण शुरू गरेको थियो । गएको जनवरी १५ तारिखमा युद्धविराम सम्झौता भएको थियो ।

यो सम्झौतासँगै एकअर्काले बन्दी मुक्त गर्दै आएका थिए । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या निम्तिएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।

नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको ठानिएको थियो । तर तर उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन