fbpx

इजरायल र हमासद्वारा गाजा युद्धविराम सम्झौताअन्तर्गत पाँचौं कैदी–वन्धक आदानप्रदान

author

समाचारपाटी

२ महिना अगाडि

इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायल र हमासले शनिवार जारी गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत पाँचौं कैदी–वन्धक आदानप्रदान पूरा गरेका छन् । हमासद्वारा पहिले राखिएका तीन इजरायली वन्धकहरूलाई शनिवार मध्य गाजाबाट इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका तीन इजरायली बन्धकहरूमा ५६ वर्षीय ओहाद बेन अमी, दोहोरो इजरायली–जर्मन नागरिक; ५२ वर्षीय एली शाराबी; र ३४ वर्षीय ओर लेवी छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सुरक्षा निकायहरूसँगको सहकार्यमा सरकारले रिहा गरिएका वन्धकहरू र उनीहरूका परिवारहरूलाई सहयोग गर्ने बताएको छ । आदानप्रदानको एक भागको रूपमा इजरायलले शनिवार सहमतिअनुसार इजरायली जेलबाट १८३ प्यालेस्टिनी कैदीहरूलाई पनि मुक्त गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले आईसीआरसीको बसहरूबाट ढुवानी गरिएका रिहा गरिएका कैदीहरू रामल्लाह आइपुगेको बताउनु भयो । मुक्त गरिएका कैदीहरूमध्ये ४२ जना वेस्ट बैंकका, तीन जना जेलसेलमका र २७ जना गाजा पट्टीका थिए । सबैले आजीवन कारावास वा लामो अवधिको कारावास भोगिरहेका थिए । यसका साथै हमासको २०२३ को अचानक आक्रमणपछि गाजा पट्टीमा १११ कैदीहरूलाई पक्राउ गरिएको थुनुवा मामिला आयोगले बताएको छ । जनवरी १९ देखि लागू हुनेगरी संयुक्त राज्य अमेरिकाको सहयोगमा इजिप्ट र कतारले मध्यस्थता गरेको इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो, ४२–दिने चरणमा, हमासले ३३ बन्धकहरूलाई रिहा गर्ने प्रावधान राखिएको छ भने इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । अघिल्ला चार बन्दी–वन्धक आदानप्रदानमा, गाजाबाट १८ जना वन्धक र इजरायली जेलबाट लगभग ६ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ । गत महिना टाइम्स अफ इजरायलको एक रिपोर्टअनुसार इजरायलले सबैभन्दा गम्भीर अपराधमा दोषी ठहरिएका प्यालेस्टिनीहरूलाई गाजा पट्टी वा वेस्ट बैंकमा रिहा नगर्न माग गरेको थियो । 
सिन्ह्वा


काठमाडौं

बिहिबार, चैत्र १३, २०८१

१९.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँः माओवादी केन्द्र

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन