fbpx

इजरायलका नयाँ सैन्य प्रमुखद्वारा पदभार ग्रहण

author

समाचारपाटी

१ हप्ता अगाडि

इयाल जामिरले बुधवार इजरायल रक्षा बलको २४ औं प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको छ । इजरायलको बहु–मोर्चाको द्वन्द्व जारी रहने चेतावनी दिँदै र आफ्ना शत्रुहरूलाई ‘प्रचण्ड बल’ ले प्रहार गर्ने प्रतिवद्धता जनाउनु भयो । ५९ वर्षीय जामिरले फेब्रुअरी १६ मा आफ्नो नियुक्तिको सरकारले अनुमोदन गरेपछि तेल अभिभको किरिया सैन्य अड्डामा कमाण्ड परिवर्तन समारोहमा आफ्नो नयाँ भुमिका ग्रहण गर्नुभएको हो । उनले अक्टोबर ७, २०२३ मा हमास नेतृत्वको आक्रमणको क्रममा इजरायलीहरूको रक्षा गर्न असफल भएको स्वीकार गरेपछि जनवरीमा राजीनामा दिएका हर्जी हालेवीको उत्तराधिकारी बन्नुभयो । रक्षा मन्त्रालयका पूर्व महानिर्देशक जामिर १९८५ मा सेनामा सामेल हुनुभयो । अर्को वर्ष ट्याङ्क कमाण्डर बन्नुभयो । पछि दक्षिणी कमाण्डको कमाण्डर र उपप्रमुखको रूपमा सेवा गर्नुभएको छ । समारोहको क्रममा जमीरकी श्रीमती, प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले जिम्मेवारी दिनुभयो । जनवरी १९ मा लागू भएको हमाससँगको युद्धविरामको भविष्य अनिश्चित रहेको बेला जमिरले संवेदनशील समयमा पदभार ग्रहण गर्नुभएको छ । उत्तरी कब्जा गरिएको पश्चिम किनारमा जारी ठूलो मात्रामा सैन्य अभियान र इजरायलले आफ्नो कट्टर शत्रु मान्ने इरानसँग बढ्दो तनावको बीचमा हिंसा बढ्दै गएको छ । 
सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन