fbpx

‘विद्युत विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप आएको छ’ :- मन्त्री शक्तिबहादुर बस्नेत

author

समाचारपाटी

१ year अगाडि

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरुप नै विद्युत विधेयक ल्याएको बताउनुभएको छ । 


सोमवार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाले मार्गदर्शन गरे अनुरुप नै विधेयक ल्याइएको बताउनुभएको हो । उहाँले संविधानले उल्लेख गरेको सार्वजनिक, निजी र सामुदायिक साझेदारीको मार्गदर्शन अनुसार विधेयक आएको बताउनु भयो । उहाँले विधेयकले कुनै एउटा पक्षलाई मात्रै समेटेर नहिडेको बताउनु भयो । सबै क्षेत्रलाई आ–आफ्नो प्रकारको जिम्मेवारी दिइएको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो–‘हाम्रो संवैधानिक व्यवस्थाको सम्मान गर्दै, हाम्रो संवैधानिक व्यवस्थाको मार्गदर्शनलाई पछ्याउँदै यो व्यवस्था गरिएको छ । यो सैद्धान्तिक धरातलमा रहेको छ । सार्वजनिक, निजी र सामुदायिक साझेदारीको जो सैद्धान्तिक मार्गदर्शन छ संविधानको, संवैधानिक व्यवस्थाको । त्यसलाई यो विधेयकले अवलम्वन गरेको छ । त्यसलाई मागदर्शनको रुपमा यसले लिएको छ । यो भ्रम नरहोस् । यसले कुनै एउटा कम्पोनेन्टलाई मात्र समातेर हिडेको छैन । यसले सम्पूर्ण जिम्मेवारी राज्यले बहन गर्ने मात्र कुरा गरिराखेको छैन । यसले सम्पूर्ण जिम्मेवारी कुनै निश्चित सेक्टरलाई प्रदान गर्ने मात्र पनि कुरा गरिराखेको छैन ।’ 
उहाँले मन्त्रालयले नविकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससँग सम्बन्धित विधेयक र जलस्रोत विधेयक ड्राफ्ट गरेर कानून मन्त्रालयमा रायका लागि पठाइएको पनि बताउनु भयो । ति विधेयकहरु पनि छिट्टै ल्याइने उहाँले बताउनु भयो ।


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक