fbpx

सरकारले स्वदेशी निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छः मन्त्री शक्तिबहादुर बस्नेत

author

समाचारपाटी

८ महिना अगाडि

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताउनुभएको छ । 


मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राख्नु भएको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको उल्लेख गर्दै विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भुमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराउनु भयो । 
मन्त्री बस्नेतले भन्नुभयो, ‘सरकारले काम गर्ने भनेको सरकारको निम्ति मुल निर्देशक सिद्धान्त भनेको संविधाननै हो । संविधानले गरेको व्यवस्था नै हो हरेक सरकारका लागि संविधानले व्यवस्था गरे बमोजिम संविधानले व्यवस्था गरेको नीति, निर्देशन, निर्देशक सिद्धान्तहरु, अन्य कानूनी व्यवस्थाहरु जे छन्, त्यो द्धारा नै सरकार निर्देशित हुने हो । अव अहिले हाम्रो संविधानले हामीलाई गरेको मार्गदर्शन, अहिलेको संवैधानिक व्यवस्था भनेको सरकार, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सहकारी क्षेत्रको साझेदारीमा आर्थिक विकास र समृद्धिको यात्रा गर्ने र समृद्धि हासिल गर्ने जो हाम्रो संवैधानिक व्यवस्था छ । त्यो संवैधानिक व्यवस्थाको मार्गदर्शनमा नै सरकारले काम गर्दछ पहिलो । त्यसकारणले यो जलविद्युतको क्षेत्रपनि त्यसको अपवाद हुने कुरा भएन । र हामीले यो संवैधानिक मार्गदर्शन भित्र रहेर नै सरकाले काम गरिराखेको छ । यसमा निजी क्षेत्र, सामुदायिक क्षेत्र र सरकारको पनि भुमिका छ । स्वदेशी, विदेशी दुवै निजी क्षेत्रको सहभागिता रहेको छ । र सरकारले स्वदेशी निजी क्षेत्रलाई फेरि विशेष प्राथमिकतामा राखेर व्यवहार गर्ने गरिराखेको छ । यो कुरा म राख्न चाहन्छु ।’मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक