fbpx

‘ऊर्जा उत्पादनमा हुने ग्यापको परिपूर्ति गर्न सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेछ’:- मन्त्री शक्तिबहादुर बस्नेत

author

समाचारपाटी

८ महिना अगाडि

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहीँ उही अनुपातमा हुने हुँदा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । 


आईतवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव पेश गर्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ऊर्जा खपतको प्रकृति सुख्खा याम र वर्षा याममा एकै प्रकारको हुने भएपनि उत्पादन भने सुख्खा याममा चारगुणा कम हुने बताउनु भयो । उहाँले यो ग्यापलाई मेटाउनका लागि नेपालमा सौर्य ऊर्जाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यही समस्या समाधानका लागि नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा जानुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘विश्वव्यापी रुपमा जलवायु परिवर्तनको प्रभावले सिर्जना गरेका जे चुनौतीहरु छन्, त्यो चुनौतीलाई सामना गर्नका लागि क्लिन इनर्जीको क्षेत्रमा बढी काम गर्नुपर्ने आवश्यकता छँदैछ । त्यसको निम्ति अन्तर्राष्ट्रिय स्तरबाट नै यसमा काम गर्नुपर्नेछ । बाह्रै महिना हाम्रो ऊर्जा खपतको प्रकृति र प्रवृत्ति समान खालको छ । उत्पानको प्रकृति हेर्दा विशिष्ट छ । वर्षायाम र सुख्खा याममा ग्याप छ । चार गुणाको अन्तर छ । जसको प्रभाव र परिणाम वर्षा याममा बढी हुने भइराखेको छ । सुख्खायाममा आयात गर्नुपर्ने अवस्था भइराखेको छ । गत आर्थिक वर्षको हेर्ने हो भने सुख्खा याममा आयात बढी गरिराखेका छौँ । यो ग्यापलाई फिल गर्ने चुनौती ऊर्जा क्षेत्रमा छ । त्यो समस्या समाधान गर्नुपर्छ । तत्काल समस्या समाधानका लागि सोलारमा जानुको विकल्प छैन । त्यसैले यो आवश्यकता परिपूर्ति गर्न इनर्जी मिक्समा जानुपर्ने अवस्थामा छ । अहिले सोलार बढी उपयुक्त हुने देखिन्छ ।’
उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा हालसम्म ११८ वटा राष्ट्रले करार सम्झौतामा हस्ताक्षर गरेका र ९७ राष्ट्रहरुले अनुमोदन समेत गरिसकेका जानकारी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक