उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
..
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताउनु भयो । उहाँले पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा आफूले राखेको पनि बताउनु भयो । उहाँले नेपालीहरुले लिएको विज्ञता र अनुभवलाई अब सबैसमक्ष पुयाउने गरी पूर्वसूचना प्रणालीको विकास र बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? अथवा पूर्व सूचनालाई हामीलै कुन रुपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ । अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा छ । हाम्रा अनुभवहरुलाई र विज्ञतालाई ठिक ढंगले प्रशारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पुर्याउने विधिहरुको बारेमा पनि तपाईहरुका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ ।’उहाँले सूचना सबैको पहुँच पुर्याउने विधिहरुको बारेमा सोच्न जरुरी रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल