fbpx

डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउन आवश्यकः मन्त्री शक्तिबहादुर बस्नेत

author

समाचारपाटी

१ year अगाडि

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

आईतवार नेपाल दूरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक बनाउन सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ, गुणस्तरीय र भरपर्दो बनाउँदै लैजान आवशयक रहेको पनि बताउनु भयो । उहाँले दूरसञ्चार सेवा अझैपनि नेपालका ग्रामिण भेगमा पुग्न र सर्वसुलभ उपलब्ध हुन नसकेको भन्दै आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘डिजिटल नेपालको संकल्प र घोषणालाई सार्थक र साकार बनाउनुपर्ने आवश्यकता छ । यसमा दूरसञ्चार सेवालाई अझ बढी कसरी सर्वसुलभ बनाउने, कसरी गुणस्तरीय बनाउने, कसरी भरपर्दो र विश्वसनीय बनाउने भन्नेमा ध्यान दिन जरुरी छ । यसले नयाँ चुनौति पनि सिर्जना गरिरहेको छ । अवसरसँगै चुनौति पनि सिर्जना भइरहेका छन् । अवसरको जति बढी सदुपयोग गर्छौं चुनौति त्यति नै धेरै कम हुन्छन् । यो सेवालाई सबैको पहुँचमा पुर्याउन आवश्यक छ । अझै पनि हामीले ग्रामिण भेगमा सहज ढंगले सेवा पु¥याउन सकेका छैनौँ । त्यसलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय बनाउन जरुरी छ ।’उहाँले दूरसञ्चार सेवा अझैपनि सबै नागरिकको पहुँचमा पुग्न नसकेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन