fbpx

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छः ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत

author

समाचारपाटी

१ year अगाडि


ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राख्नुभएको  हो । शुक्रवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताउनु भयो । मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने कुनै मनशाय नरहेको बताउनु भयो । विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टिकरण थियो । उहाँले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताउनु भयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘अब राष्ट्रिय गौरवको आयोजनाहरु भनि सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानूनी व्यवस्था अलि विशिष्ट रुपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरुको छनौट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ । यसलाई समग्रमा नै फेरि एकपटक रिभ्यु गर्ने, छलफल गर्ने समय पनि आएको जस्तो लाग्छ । र त्यो ढंगले छलफल हुनु सान्दर्भिक नै हुन्छ भन्ने मलाई लाग्दछ । जे इन्फरमेशन आइराखेको छ, त्यो कुरा सही होइन । अझ हामी त साथीहरुलाई ६ महिना त्यही बसेर काम गरिदिनुस भनेर अनुरोध गरी राखेका छौं । दुई वर्ष पुगेका वा नपुगेर पनि हामी कहाँ सरुवा माग्न आईरहेका साथीहरुलाई पनि अरु ६ महिना बसेर काम गरिदिनुस्न हो भनेर हामीले अनुरोध नै गरिरहेका छौं । त्यसकारण अहिले हाम्रो स्प्रिरिट कम्तिमा २ वर्ष भन्दा अगाडि कोही पनि राष्ट्रिय गौरवको आयोजना प्रमुखहरुलाई चेन्ज गर्ने मन्त्रालयको, विभागको त्यो स्पिरिट हुँदैन । र, विशेष परिस्थिति नभइकन हामीले परिवर्तन गर्ने कुरा आउँदैन ।’

बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दु कडरीयाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरुको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय गौरवको आयोजना भनिएको छ । वर्षौंसम्म अलपत्र पारिएको छ । वर्र्षौसम्म राष्ट्रिय गौरवको आयोजना बन्दैन । यसलाई बढी महत्व दिएर समयमै सक्ने काम होस् भन्न मैले चाहेँ । अर्को राष्ट्रिय गौरवको  आयोजना भनेर घोषणा गरिएको छ । अनि शुरु नै हुँदैन । जस्तो राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गरिएको पश्चिम सेती जलविद्युत आयोजना ३० वर्षदेखि शुरु भएको छैन । राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गर्ने अनि शुरु नै नगर्ने । यो अवस्था नआओस् ।’

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले देशलाई समृद्धि बनाउने भन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढाइएको जिकिर गर्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो । 
सांसद आछामीले भन्नुभयो, ‘देशको समृद्धिसँग अन्तरबिरोधीजस्तो महशुस हुन्छ । लागत बढिराखेको छ । खेती गर्ने युवा विदेश पलायन भईराखेका छन । जमिन टुक्रिराखेको छ । यता, राष्ट्रिय गौरवको आयोजनाहरुको अवधि लम्बिराखेको छ भनेपछि यसले विकास गति लिन्छ कि लिन्न ? भन्दाखेरी यो जे हामीले दिगो विकास लक्ष्य हासिल गर्ने भनेका छौं । राष्ट्रलाई समृद्ध बनाउने भनिराखेका छौं । यो चाहीँ चुनौतिपूर्ण छ जस्तो लाग्छ मलाई । अब यी आयोजनाहरु चाँडै सम्पन्न गर्नका लागि स्रोत, साधनको परिचालनमा ध्यान दिनुपर्छ । जनशक्ति पनि त्यही केन्द्रित हुनुपर्यो नि । राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट केन्द्रित गर्ने र त्यसलाई अघि बढाउने कुरामा सरकार गम्भिर हुनुपर्छ । र भइरहेको जस्तो पनि लागेको छ ।’सांसद आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुमा बजेटको अभाव हुन नदिन पनि सरकारलाई सुझाव दिनुभयो । 


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन