उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा संरक्षण तथा नवीकरणीय उर्जा प्रवद्र्धन गर्ने कानूनको अभाव परिपूर्ति गर्न नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागि हुँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले ग्रामिण उर्जा नीति र उर्जा दक्षता रणनीतिले परिकल्पना गरेको उर्जा दक्षता अभिवृद्धि गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले उक्त विधेयकले नवीकरणीय उर्जा तथा उर्जा दक्षताको क्षेत्रलाई नियमन गर्ने नियमनकारी निकायको अभावलाई परिपुर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ग्रामिण उर्जा नीति, २०६३ ले परिकल्पना गरेको नवीकरणी उर्जाको विकास तथा विस्तार गर्न तथा उर्जा दक्षता रणनीति,२०७५ ले परिकल्पना गरेबमोजिम तथा उर्जा दक्षता वृद्धि गर्न, उर्जा संरक्षण तथा नवीकरणीय उर्जा प्रवद्र्धन गर्ने कानूनको अभाव परिपूर्ती गर्न, नवीकरणी उर्जा र उर्जा दक्षता सम्बन्धमा संघीय इकाईहरुबीच अधिकार र जिम्मेवारीको बाँडफाँड गर्न विधेयक ल्याइएको हो ।’
विधेयकमा सुधार गर्नुपर्ने कुराहरु दफावार छलफलका क्रममा सुधार गर्दै जानुपर्ने उहाँको भनाइ छ ।
—न्युज एजेन्सी नेपाल