fbpx

उर्जामन्त्री खड्काको दाबीः दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गर्दैछौँ

author

समाचारपाटी

४ हप्ता अगाडि

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गर्नुभएको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरुप काम गरिरहेको बताउनु भयो । उहाँले आफूले मन्त्रालय सम्हाले यता १६ वटा जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र दिइएको बताउनु भयो । उहाँले १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरेको समेत उल्लेख गर्नुभयो । उहाँले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताउनु भयो । उहाँले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युतको लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘यस अवधिमा विद्युत विकास विभागबाट १६ वटा जलविद्युत आयोजनाका सर्वेक्षण अनुमति पत्र, ३३ वटा प्रशारण लाइनको सर्वेक्षण अनुमति पत्र, १६ वटा आयोजनाको जलविद्युत निर्माण अनुमति पत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमति पत्र, १४ वटा सौर्य विद्युत सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत निर्माण अनुमति पत्र प्रदान गरिएको छ । सरकारको निर्णयअनुसार यस मन्त्रालयले १० वर्षको अवधिमा २८५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ । यसको बजार सुनिश्चित भइसकेको समेत म जानकारी गराउन चाहन्छु । हामीले अहिले ३४०० मेगावाट विद्युत उत्पादन गर्न सकेका छौं । अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ काम गरिराखेको व्यहोरा जानकारी गराउन चाहान्छु । यसमा आन्तरिक खपत १३ हजार ५०० मेगावाट हुने लक्ष्य राखिएको छ । यो सर्वेक्षणकै आधारमा भएको हो । यसपटक हामीले सम्झौता गरेर ९५० मेगावाट विद्युत निर्यात गरिरहेको जानकारी गराउन चाहन्छु । दश वर्षको अवधीमा थप विद्युत उत्पादन गर्नको लागि ६२ खर्ब बराबरको पुँजी परिचालन हुने अनुमान गरिएको छ । यो लक्ष्य हेर्दा महत्वकांक्षी तर सम्भव भएको जस्तो देखिएको छ । भारत भ्रमणका क्रममा अन्तरदेशीय प्रशारणका रोकिएका कामहरु सुचारु गर्ने कुरा भएको छ ।’
उहाँले भारतसँग जोडिएका अन्तरदेशीय प्रशारण लाइन मर्मतको काम शुरु भइसकेको दाबी गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन