fbpx

स्पञ्ज आइरन प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन सांसदहरुको आग्रह

author

समाचारपाटी

११ महिना अगाडि

स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय बनाउन उद्योगी व्यवसायीहरुलाई सांसदहरुले आग्रह गरेका छन् । 


आईतवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँहरुले पछिल्लो समय स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलामे छड गुणस्तरीय नभएको भन्ने गुनोसा आएको भन्दै यस्तो आग्रह गरेका हुन् । सांसदहरुले फलामे छड उत्पादन गर्ने ठूला उद्योगहरुमा नेपाली कामदार भन्दा पनि विदेशी कामदार राख्नुको कारण खुलाउनुपर्ने बताए । उनीहरुले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर बनाउने फलाम उद्योगहरुले गुणस्तरहिन कच्चा पदार्थको प्रयोग गरेको गुनासो आएको भन्दै उद्योगीहरुलाई प्रश्न गरेका छन् । सांसदहरुले स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएको बताए । सांसद रेखा यादवले नेपालीहरुको ज्यान जान्छ भनेर विदेशबाट उद्योगमा कामदार राख्ने उचित नभएको बताउनु भयो । उहाँले मानवअधिकारले त्यसलाई मान्यता नदिएको बताउनु भयो । उहाँले उद्योगहरुमा काम गर्ने कामदारको सुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले स्पञ्ज आइरन र बिलेट्सबीच ५ देखि ६ रुपैयाँको मूल्यमा अन्तर रहेको भन्दै के कारणले फरक रहेको उल्लेख गर्न आग्रह गर्नुभयो । 

सांसद मनबहादुर गुरुङले सरकारले लाइसेन्स दिएर उद्योग दर्ता गर्न दिने तर उद्योगमा उत्पादन भएको छड प्रयोग गर्नुको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले उद्योगले उत्पादन गर्दा सामग्री गुणस्तरिय उत्पादन गर्नुपर्ने बताउनु भयो । उहाँले उत्पादन गुणस्तर भए÷नभएको विषयमा सरकारले अनुगमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कुन देशबाट मेसिन ल्याउँदा छड गुणस्तरीय हुन सकेन त्यो पनि व्यवसायीहरुले स्पष्ट जानकारी दिनुपर्ने बताउन भयो । 

समिति बैठकमा सांसद नेपाली उद्योगहरुमा नेपाली कामदार राख्दा युनियन खोल्ने र व्यवसायीहरुलाई दुःख दिने गरेकाले उद्योगहरुले विदेशी कामदार राख्न बाध्य भएको बताउनु भयो । उहाँले विदेशी कामदार राख्दा युनियन नखोली २४ घण्टा काम गर्ने भनेर नेपाली भन्दा पनि विदेशी कामदार राख्ने दाबी गर्नुभयो । उहाँले यो विषयमा उद्योगहरुले पुनःविचार गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले उद्योगहरुले उद्योगमा काम गर्ने कर्मचारीको सुरक्षाको ग्यारेन्टीको साथै उत्पादन भएको वस्तु गुणस्तरीय बनाउनुपर्ने बताउनु भयो । उहाँले प्रभावित क्षेत्रका स्थानीयहरुलाई उद्योगहरुले रोजगार दिन सक्नुपर्ने बताउनु भयो । 

समिति बैठकमा बोल्दै उद्योगी विष्णुकुमार न्यौपानेले स्पञ्ज आइरन प्रयोग गरेर उत्पादन भएका छड गुणस्तरहिन नभएको बताउनु भयो । उहाँले स्पन्ज आइरन प्रयोग भएर उत्पादन भएका छड गुणस्तरहिन छन् भन्नु गलत भएको दाबी गर्नुभयो । उहाँले बिलेट्स प्रयोग गरेर उत्पादन गरेको छड भन्दा उच्च गुणस्तर भएको पनि बताउनु भयो । 

समितिले स्पञ्ज आइरन र बिलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन गर्ने भएको छ । स्पञ्ज आइरन र बिलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति बनाएर अवलोकन गर्ने भएको हो । फलामे छडको कच्चापदार्थका रूपमा रहेको स्पञ्ज आइरन र बिलेट्सबीचको भन्सारमा व्यवसायीको निरन्तर गुनासो आउने गरेको भन्दै उपसमिति बनाएर अवलोकन गर्ने निर्णय गरिएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन