इरानका सर्वोच्च नेता अली खामेनीले बिहीवार तेहरानमा भ्रमणमा रहेका साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीज अल साउदसँग भेट गर्नुभएको छ । बैठकको क्रममा साउदी मन्त्रीले साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको सन्देश सुनाउनु भयो । द्विपक्षीय सम्बन्धलाई सम्बोधन गर्दा खामेनीले दुई राज्यहरू एकअर्काका पूरक हुन सक्ने बताउनु भयो । द्विपक्षीय सम्बन्ध विस्तार गर्न र शत्रुतापूर्ण प्रेरणाद्वारा उत्पन्न विद्यमान चुनौतीहरूलाई पार गर्न दुवै पक्षलाई आह्वान गर्नुभयो । राजकुमार खालिदले आफ्नो तर्फबाट इरानी नेताबाट स्वागत पाएकोमा खुशी व्यक्त गर्नुभयो । इरान र साउदी अरेबियाले अप्रिल २०२३ मा तत्काल लागू हुनेगरी कुटनीतिक सम्बन्ध पुनः शुरु गर्ने औपचारिक घोषणा गर्नुभयो । इरानमा साउदी कुटनीतिक नियोगहरूमा आक्रमणको प्रतिक्रियामा साउदी अरेबियाले २०१६ को शुरुमा इरानसँग कुटनीतिक सम्बन्ध तोडेको थियो । साउदी अरेबियाले एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि यी आक्रमणहरू भएका थिए ।
सिन्ह्वा