इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सिरियाको स्थायित्व र अखण्डताका लागि आफ्नो देशको समर्थन व्यक्त गर्नुभएको छ । सिरियाली विदेशमन्त्री बसम सब्बागसँगको भेटपछि तेहरानमा भएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले उक्त टिप्पणी गर्नुभएको हो । अरघचीले इजरायलले गाजादेखि लेबनान र सिरियामा युद्ध फैलाउनु उसको युद्धकारी, विस्तारवादी र आपराधिक प्रकृतिको सङ्केत भएको बताउनु भयो । इरानी विदेशमन्त्रीले क्षेत्रीय र द्विपक्षीय सम्बन्धका घटनाक्रमका बारेमा सब्बागसँग सकारात्मक वार्ता भएको बताउनु भयो । इरानले सिरियासँग विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्न कटिवद्ध रहेको उल्लेख गर्दै अरघाचीले इरान सिरियाली जनता र सरकारको साथमा रहेको र त्यसलाई निरन्तरता दिने आश्वासन दिनुभयो ।
सिन्ह्वा