आणविक वार्ताका लागि तयार छौँः इरान

author

समाचारपाटी

७ महिना अगाडि

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अन्य पक्षहरू आणविक वार्ताका लागि तयार भए आफूहरु पनि परमाणु वार्ताका लागि तयार रहेको बताउनुभएको छ । इरानको परराष्ट्र मन्त्रालयले इरानको राजधानी तेहरानको भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) का महानिर्देशक राफेल ग्रोसीसँगको भेटपछि उहाँले उक्त टिप्पणी गर्नुभएको हो । अराघचीले ग्रोसीसँगको आफ्नो वार्तालाई राम्रो र रचनात्मक भनेर वर्णन गर्नुभयो । दुई पक्षले इरान, एजेन्सी र अन्य पक्षहरू बीचको आणविक मुद्दा सम्बन्धी तनाव कम गर्न नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गर्नुभयो ।

ग्रोसीसँगको बैठकपछि इरानका आणविक प्रमुख मोहम्मद इस्लामीले तेहरानले देश विरुद्ध आईएईए बोर्ड अफ गभर्नरले जारी गरेको कुनैपनि प्रश्तावलाई तत्काल जवाफ दिने चेतावनी दिनुभयो । एक संयुक्त पत्रकार सम्मेलनमा इस्लामीले इरानलाई दबाबबाट प्रभावित नहुने र आफ्नो राष्ट्रिय हितको ढाँचामा आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउने बताउनु भयो । इरानी आणविक प्रमुखले आईएईएसँग अन्तरक्रिया कायम राख्ने इच्छा पनि व्यक्त गर्नुभयो । आफ्नो पक्षको लागि ग्रोसीले इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्नु नहुनेमा जोड दिनुभयो । इजरायलले इरानका आणविक स्थलहरूमा आक्रमण गर्ने धम्कीको बारेमा सोधिएको प्रश्नको जवाफमा उहाँले आणविक प्रतिष्ठानहरू कुनैपनि आक्रमणको अधीनमा हुन नहुने कुरामा जोड दिनुभयो । 
सिन्ह्वा


काठमाडौं

सोमवार, असार ९, २०८२

२३.५३°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः...

सरसफाइलाई राष्ट्रिय प्राथमिकतामा राख्न सबै राजनीतिक दलहरूले प्रतिवद्धता जाहेर...

ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का

अपराधी गिरोहसँग सरकारको साँठगाँठ रहेको रास्वपा सांसद नेपालीको आरोप

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन