आईपिडिएफले चीन र थाइल्याण्डको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं। आईपिडिएफले चीन र थाइल्याण्डको भ्रमण गरि पर्यटक भित्र्याउन पहल गर्ने भएको छ । थाइल्याण्ड र चिनका प्रतिनिधिमण्डल संगको भेटमा नेपालमा धार्मिक तथा सांस्कृतिक पर्यटन परियोजना विकास गरी छिमेकी देशहरु चीन र थाइल्यांण्डका कम्तीमा ३० लाख पर्यटकहरु नेपालमा भित्र्याउन कसरी सकिन्छ र चीनको सांस्कृतिक पर्यटनको विकास र थाइल्यांडको धार्मिक तथा कृषि पर्यटनको विकासबाट नेपालले के कस्ता पाठ सिकेर थप परियोजना विकास गर्ने सम्वन्धमा आइपिडिएफ ग्लोबल र आईपिडिएफ थाइल्याण्ड च्याप्टर र आइपिडिएफ चिन च्याप्टरका पदाधिकारी तथा सल्लाहकार बीच तीनै देशको पर्यटन उद्योग र सो संग सम्वन्धित परियोजना तथा आपसी सांस्कृतिक आदान प्रदान गर्ने बिषयमा सम्झौता सम्पन्न भएको छ ।

बार्षिक कार्ययोजना निर्माण गरी कार्यक्रमहरु संचालन गर्ने गरी निर्णय समेत भएको छ । कार्यक्रम आईपिडिएफ पर्यटन विभाग प्रमुख लाक्पाफुटी शेर्पाको संयोजकत्वमा सम्पन्न भएको थियो भने आइपिडिएफका अध्यक्ष मुकुन्द ढुंगाना, महासचिव कमल कार्की, सचिव गेन्द्र लामा, कोषाध्यक्ष द्रोण पराजुलीले कार्यक्रमलाई सहजीकरण गर्नु भएको थियो।

वर्ड बुद्धिस्ट अर्गनाइजेसन थाइल्याण्डका संयोजक, बरिष्ठ लेखक ,गीतकार साथै कार्यक्रम प्रस्तोता डा। प्रसित भुस्त्री र चीनका पर्यटन ब्यवसायी लुडाचेनको दुबै देशमा ८० प्रतिशत बौद्धमार्गी रहेको र ती सबैले एकपटक नेपाल आउनलाई इच्छा ब्यक्त गरेको हुँदा पर्यटकलाई नेपाल आउनको लागि उपयुक्त बातावरण तयार पार्न सके नेपालमा करोडौ पर्यटक आउन सक्ने र त्यसका लागि दुवै देशका प्रतिनिधिले उपयुक्त प्याकेज र उचित बातावरण निर्माणका लागि सहकार्य गरेर कार्य गर्नुपर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । आईपिडिएफ ग्लोबलले चाँडै दुबैदेशको मैत्रीपूर्ण भ्रमण गरी आइडिडिएफ च्याप्टर चीन र थाइल्याण्डको औपचारिक उद्घाटन गर्ने अध्यक्ष मुकुन्द ढुंगानाले जानकारी दिनुभयो ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.०८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन