fbpx

आइओएफटिसी नेपाल २०२४ स्थापना

author

समाचारपाटी

१ महिना अगाडि

लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैै नेपालमा तेक्वान्दो खेल विकासमा योगदान पुर्याएको आइओएफटिसीले आइओएफटिसी नेपाल २०२४ स्थापना गरेको छ । सोमवार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै आइओएफटिसीले आइओएफटिसी नेपाल २०२४ लाई पूर्णता दिएको हो । अमेरिकास्थित पोर्टल्याण्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) ले प्रभावकारी रूपमा नेपालमा काम गर्न आइओएफटिसी नेपाल स्थापना गरेको जनाएको छ । आइओएफटिसी प्रधान कार्यालयका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले आइओएफटिसी नेपाल २०२४ टिमका पदाधिकारी तथा सदस्यलाई स्वागत बधाइ तथा सफल कार्यकालको शुभकामना पनि दिनुभयाे । 

आइओएफटिस नेपालको अध्यक्षमा मीनप्रसाद खनाललाई जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्षमा राजमन्दिर श्रेष्ठ, सचिवमा गिरीबहादुर सुनार र कोषाध्यक्षमा रिकेश महर्जन छन् । सदस्यहरूमा सहदेव श्रेष्ठ, शिलकुमारी महर्जन र भवानी बजगाईंलाई जिम्मेवारी प्रदान गरिएको छ ।  ग्रान्डमास्टर महर्जनले नयाँ टिमलाई शुभकामना दिँदै आइओएफटिसी नेपालले खेलक्षेत्र तथा खेल पर्यटन प्रवद्र्धनसँगै, कलासंस्कृतिको जगेर्ना र उत्थानमा काम गर्ने उद्देश्य रहेको बताए । 

आइओएफटिसी नेपालले प्रमुख रूपमा इन्टरनेसनल ओपन फ्रेण्डसीप तेक्वान्दो च्याम्पियनसिप नेपालमा आयोजना हुँदा अथवा सो प्रतियोगिता नेपालबाहिर हुँदा नेपालमा हुने छनोट प्रतियोगितामा आयोजकको भूमिका निर्वाह पनि गर्नेछ । सोही कार्यक्रममा आइओएफटिसी संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकरले नेपालमा प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक पर्ने खेलसामाग्री पनि आइओएफटिसी नेपाल २०२४ लाई प्रदान गरेको छ । आइओएफटिसी नेपालले नै प्रतियोगिता आयोजना गर्नका लागि सो सामाग्री प्रदान गर्ने उल्लेख गरिएको छ ।

आइओएफटिसीकै सहयोगमा आइतबार मात्र चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको थियो । सोही प्रतियोगिताबाट ६ जना खेलाडी दक्षिण कोरियामा हुने इन्टरनेसनल ओपन फ्रेण्डसिप तेक्वान्दो च्याम्पियनसिपको १४औं संस्करणका लागि छनोट भएका छन् । ग्योरोगीमा चार र पुम्सेमा दुई गरी कुल ६ खेलाडीले आगामी अगस्ट २३ र २४ मा आयोजना हुने च्याम्पियनसिपमा स्थान बनाएका छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...