fbpx

ग्लोवल आइएमई बैंक र आईएफसीबीच ५६ मिलियन डलर ऋण लगानी सम्झौता

author

समाचारपाटी

१ year अगाडि

काठमाडाैं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोवल आइएमई बैंकसँग ५६ मिलियन अमेरिकी डलर अर्थात करिव सात अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोवल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपाली सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो ।

सम्झौतामा ग्लोवल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को तर्फबाट नेपाल, बंगलादेश र भूटानका लागि आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले हस्ताक्षर गर्नुभएको हो । ग्लोवल आइएमईले उक्त लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गर्नेछ ।

उक्त लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी तथा परिचालनले ग्लोवल आइएमई बैंकलाई साना तथा मझौला व्यवसाय र महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामिण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले आईएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धी बन्न सहयोग पुगेको बताउनु भयो। उहाँले आईएफसीसँगको यस ऋण सम्झौताबाट नेपालका साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बताउनुभयो।

नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले नेपाल राष्ट्र बैंक नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा निकै खुशी रहने बताउँदै त्यसका लागि नेपाल राष्ट्र बैंकले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र बैंकले वैदेशिक लगानीलाई प्रोत्साहन गर्नेगरी नीतिहरु बनाउँदै गएको बताउनुभयो । उहाँले आईएफसीले ग्लोवल आईएमईसँग गरेको ५६ मिलियन अमेरिकी डलर ऋण सम्झौताले नेपालको आर्थिक,साना तथा मझौला व्यवसाय र महिला उद्यमको लागि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा रहेको बताउनुभयो ।

ग्लोवल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्व जनमानसमा जलवायु र वातावरणीय प्रभावको बारेमा सचेत हुँदै गइरहेको अवस्थामा भएको ऋण सम्झौताले जलवायु र लैङ्गिक फाइनान्सिङमार्फत दिगोपनको लागि प्रतिवद्धता जाहेर हुने बताउनुभयो । उहाँले हरित ऊर्जाको विकासमा नेपालको सम्भाव्यतालाई मान्यता दिँदै ऊर्जा क्षेत्रमा रहेको स्रोत साधनको खाडललाई पूरा गर्ने  प्रतिवद्धता रहेको बताउनुभयो । उहाँले नेपालको ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गरेर लैङ्गिक असमानता कम गर्ने लक्ष्य राखेको बताउनुभयो ।

नेपाल, बंगलादेश र भूटानका लागि आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले नेपालमा आईएफसीको रणनीतिक प्राथमिकताहरुमध्ये वित्तीय समावेशीकरण र वित्तीय क्षेत्रको स्थायित्वलाई सहयोग गर्नु एक महत्वपूर्ण रणनीति रहेको बताउनुभयो । उहाँले उक्त लगानीले नेपालमा जलवायु– स्मार्ट सम्पती र महिलाको स्वामित्व रहेका साना तथा मझौला उद्यममा निजी क्षेत्रको लगानीलाई उत्पे्ररित गर्दै लैङ्गिक तथा जलवायु वित्त बजारलाई सुदृढ पार्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले आर्ईएफसीको यो विनियोजनले नेपालमा थप महिलाहरुलाई सशक्तिकरण गर्ने, रोजगारी सृजना गर्ने, र जलवायु तथा आर्थिक क्षेत्रमा वित्तीय पहुँच बढाउने लक्ष्य राखेको बताउनुभयो ।

आईएफसीको यस लगानीले स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरु लगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका प्रयासमा विशेष योगदान पु¥याउनेछ । यस ऋणको पचास प्रतिशत ग्लोवल आइएमई बैंकले साना तथा मझौला र खुद्रा ग्राहकहरुको लागि जलवायु तथा लैङ्गिक क्षेत्रको लगानीमा समान रुपमा विनियोजन गर्नेछ । बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यमहरुमा कर्जा प्रवाह गर्न प्रयोग गर्नेछ ।

नेपालमा कुनैपनि विकास वित्तीय संस्थाले कुनैपनि बैंकलाई लैङ्गिक वित्तीय फाइनान्स उपलब्ध गराएको यो पहिलो पटक हो । आईएफसीले ग्लोवल आइएमई बैंकलाई जलवायु र लैङ्गिक वित्त व्यवसायका साथै बैंकलाई जोखिम व्यवस्थापन फ्रेमवर्क बनाउन समेत सहयोग गर्नेछ । यो साझेदारी, आईएफसी र ग्लोवल आइएमई बैंकबीचको तेस्रो साझेदारी हो । सन् २०२२ मा आईएफसीले ग्लोवल ट्रेड फाइनान्स प्रोग्राम (जिटीएफपी) को एक भागको रुपमा एक व्यापार वित्त सुविधा बिस्तार गरेको थियो । जसमा हरित व्यापार फाइनान्सिङको लागि विशेष प्रावधान समावेश थियो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ २७, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर