fbpx

नेपाल खुला अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता आगामी फागुनको अन्तिम साता हुने

author

समाचारपाटी

९ महिना अगाडि

नेपाल खुला अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता आगामी फागुनको अन्तिम साता हुने भएको छ । पिकलबल एशोसिएशन नेपालको आयोजनमा आगामी फागुन २५ र २६ गते ललितपुरमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको हो । उक्त प्रतियोगितामा आयोजक नेपालसहित बेलायत, अमेरिका, भारत, सिंगापुर र थाइल्याण्डलगायत आठ देशका कुल  एक सय २० खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कोर्टमा सञ्चालन हुनेछन् । त्यसका लागि १६ वटा पिकलबल कोर्ट तयार पारिएको छ । एमेच्योर, इन्टरमिडियट र एडभान्स तीन विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

यस प्रतिष्पर्धामा १९, ३५, ५० र ६० वर्षमाथि उमेरसमूह रहनेछ । पुरुष डबल्स, महिला डबल्स र मिक्स डबल्सका खेल फागुन २५ गते हुने तय छ । पुरुष एकल र महिला एकल तर्फका खेलहरू हुने फागुन २६ गते हुने तालिका छ । फागुन २६ गते नै सबै समूहका फाइनल हुने आयोजकले जनाएको छ । नेपाल सुपर लिग (एनएसएल) मुख्य प्रायोजक रहेको प्रतियोगितालाई काठमाडौं वल्र्ड स्कुल, यामाहा नेपाल, साड्रिला होटल एन्ड रिसोर्ट, पार्क भिलेज रिसोर्ट, तामरिन रेस्टुरेण्ट, साड्रिला डेभलपमेन्ट बैंकले प्रायोजन गरेका छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन