fbpx

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस प्रतियोगिता हुने

author

समाचारपाटी

११ महिना अगाडि

नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदुतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुने भएको छ ।  

मंगलवार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोशिएशन र होटल एशोसिएशन पोखरा सहआयोजना रहेको (अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस ) प्रतियोगिता मंसिर ९ गते आयोजना हुने भएको हो । नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध बिस्तार तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र चीनका १० टिम सहभागी हुनेछन् । एउटा टिममा ३ जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् । यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पर्यटक नोभेम्बर २३ मा पोखरा आउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताउनु भयो । उहाँले प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने बताउनु भयो । फेवाताल किनार बाराहीघाटबाट शुरु हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुनेछ । उहाँले प्रतियोगिताले दुई देशका नागरिक र देशको सम्बन्धलाई प्रगाढ बनाउने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनायौँ, बनाइसकेपछि पहिलो पटक पनि ड्रागन बोट प्रीतयोगिता गर्दा पहिलो चार्टड फ्लाइट भएको थियो । यो बीचमा केही राजनीतिक व्यक्तित्वको आगमनमा भयो । तर अब यो पर्यटन प्रवद्र्धनका लागि दोस्रो चार्टड फ्लाइट पोखरा हुँदैछ । हामीले रेगुलर फ्लाइट चलाउन नसकेको अवस्थामा पनि एउटा दुई वटा गरेर चार्टड फ्लाइट ल्याउन सक्दा राम्रो हुन्छ । चीनको सहयोगमा नै पोखरा एयरपोर्टको निर्माण भएको हुनाले मलाई लाग्छ जति धेरै एक्टिभिटी गर्छौं त्यति धेरै चार्टड फ्लाइट बढाउन सकिन्छ । निरन्तर रुपमा लागिरहने हो भने प्रवद्र्धन हुन्छ । नोभेम्बर २३ मा दोस्रो चार्टड फ्लाइट ल्याण्ड हुँदैछ, १०४ जना लिएर । सबैखालेले यो प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । दुई देशका नागरिक र देशको सम्बन्धलाई प्रगाढ बनाउने लक्ष्य हो ।’

नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिष्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ । नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचो हुने टिमले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औँ तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै विद्यार्थीको प्रतिष्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । कोभिङ–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन । प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको छ । 


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन