fbpx

मंसिर २४ र २५ गते पोखरामा सातौंअन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय
महोत्सव मनाउन थालेको हो ।

दुई दिन हुने महोत्सवमा पर्वतीय वातावरण, जैविक विधिता, प्राकृतिक स्रोत लगायतका विशेषमा ज्ञान अभिवृद्धि गर्ने विषयलाई पनि जोड दिइएको आयोजकले जनाएको छ। साथै, पर्वतीय क्षेत्रमा उत्पादित वस्तुको बजारीकरण गर्न स्टल पनि राखिने महोत्सवका मूल आयोजक समिति संयोजक ठाकुरराज पाण्डेले जानकारी दिनुभयाे ।

‘पर्वतीय पर्यटन र पर्वतारोहण क्षेत्रको विगत, वर्तमान र भविष्यको सम्बन्धमा पर्वतारोहण क्षेत्रका विज्ञहरुको उपस्थितिमा बृहत छलफल पनि हुनेछ,’ संयोजक पाण्डेले भने, ‘यसले पर्वतीय क्षेत्रमा बसोबास गर्ने स्थानीयको जीवनस्तर उकास्न
पनि सहयोग गर्ने विश्वास लिएका छौं ।’

महोत्सवमा हिमाली क्षेत्रका परिकारसहित पर्वतीय क्षेत्रमा हुने खेललाई पनि प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । महोत्सवमा धनुषवाण (आर्चरी), छेलोलगायतलाई पनि समावेश गरिएको आयोजकले जनाएको छ । ‘महोत्सवमा साइक्लिङ, सडक दौड, फिल्म प्रर्दशनी पनि हुनेछ,’ पाण्डेले भन्नुभयाे ।

यी बाहेक महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यकमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ । पोखराको पर्यटन व्यवसायमा वृद्धि गर्ने विषयमा पनि बहस पनि गरिनेछ ।

संघका प्रमुख प्रशासकीय अधिकृत तथा महोत्सवका निर्देशक जिनेश सिन्दुकरका अनुसार पर्वतीय क्षेत्रमा उत्पादित वस्तु तथा खेल आयोजना, परम्परागत खेल छेलो र आर्चरी आयोजना, पर्वतीय वृत्तचित्रहरुको प्रदर्शनी र वाल क्लाइबिङ जस्ता कार्यक्रम महोत्सवमा समावेश गरिएको छ । महोत्सवमा निशुल्क प्रवेश गर्न पाइने छ । निर्देशक जिनेसका अनुसार यसपटक महोत्सवमा स्थानीलाई नै जिम्मेवारी दिएर अपनत्वबोध बनाउन खोजिएको छ । ‘पर्वतीय क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्छौं । जुन बजारमा आएको छ्रैन,’ उहाँले भन्नुभयाे, ‘प्रचारप्रसार नभएका बस्तुहरु स्टलमा राख्दा त्यहाँ आउने दर्शकहरुले जानकारी पाउनुहुन्छ जसले गर्दा बिक्री वितरण र उत्पादनमा सहयोग गर्छ ।’

महोत्सवको सहसंयोजकमा संघका गण्डकी च्याप्टर प्रमुख शेषकान्त शर्मा र सदस्य सचिवमा निर्मला न्यौपाने हुनुहुन्छ ।
मूल आयोजक समिति सदस्य सचिव न्यौपानेले महोत्सवले जनमानसमा पर्वतारोहण पर्यटन सम्बन्धी चेतना अभिवृद्धि गराउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयाे ।

संघका सल्लाहकार गणेश गुरुङले पर्वतीय महोत्सवले नेपालका पर्वतीय क्षेत्रको विकास तथा बौद्धिक बहसमा महत्वपूर्ण भूमिका निभाउने बताउनुभयाे । महोत्सव मूल आयोजक समिति सदस्य तथा पोखरा पर्यटक परिषद् अध्यक्ष पोखरामा
पर्यटकको संख्या बढाउन पनि महोत्सवले भूमिका खेल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘तीन वर्षमा हामीले पर्यटन कसरी डबल बनाउन सकिन्छ भन्ने विषयमा पनि बहसमूलक कार्यक्रम संचालन हुँदैछ,’ उहाँले भन्नुभयाे, ‘यस्ता महोत्सव पोखराकै गहनाका रुपमा लिनुपर्छ ।’

यसपटकको अन्तर्राष्ट्रि पर्वतीय दिवसको नारा ‘वुमन मुभ माउन्टेन’ राखिएको छ । जसले पर्वतीय भेगमा बसोबास गर्ने बासिन्दाको आर्थिक तथा सामाजिकस्तर अभिवृद्धि गराउने मुख्य लक्ष्य राखेको छ ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन