fbpx

७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा हुँदैछन् यस्ता कार्यक्रम !

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा पर्वतीय क्षेत्र सम्बन्धी विभिन्न कार्यक्रम तय भएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय संग्रहालयमा मंसिर २४ र २५ गते हुने महोत्सवमा हिमाली क्षेत्रका
मद्धालाई प्राथमिकतामा राखि विविध कार्यक्रम तय भएको हो ।

महोत्सवमा सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शन, पोखरामा पर्यटकलाई दोब्बर रुपमा कसरी बनाउन सकिन्छ जस्ता विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुँदैछ ।

पर्वतीय संग्रहालयकी निर्देशक निर्मला न्यौपानेका अनुुसार पर्वतीय क्षेत्रमा उत्पादित हुने वस्तु र खेलिने खेललाई प्राथमिकतामा राख्दै कार्यक्रम पनि तय भएको छ । हिमाली क्षेत्रमा खेलिने खेल छेलो प्रतियोगिता र आर्चरी खेललाई
महोत्सवमा समेटिएको छ । हिमाली क्षेत्रमा उत्पादित वस्तुुलाई प्रवद्र्धन गर्न स्टल प्रदर्शनीका लागि राखिने निर्देशक न्यौपानेले बताउनुभयाे ।

कुन कार्यक्रम कुन समयमा ?
दुई दिन हुने महोत्सवमा विभिन्न कार्यक्रम तय भएको छ । मंसिरको २४ गते उपराष्ट्रपति नन्द किशोर पुन र नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाको उपस्थितीमा महोत्सवको उद्घाटन हुने छ । महोत्सवको पहिलो दिन
सगरमाथा आधार शिविर व्यवस्थापन, प्रविधि तथा अन्वेषणको प्रवद्र्धन तथा प्रदर्शनको विषयमा छलफल हुने कार्यक्रम तालिका रहेको छ ।

महोत्सव अवधिभर हिमाली क्षेत्रमा वस्तुु उत्पादित वस्तुको प्रवद्र्धन हुने आयोजकले जनाएको छ । यस्तै महोत्सव
अवधिभर छेलो प्रतियोगितामा पनि गरिनेछ । महोत्सवमा हिमाली क्षेत्रका दृश्य प्रदर्शन पनि हुनुका साथै हिमाली क्षेत्रको पर्यावरणमा महिलाकोे भूमिका बारे अन्तरक्रिया हुने जनाइएको छ । अन्तर्राष्ट्रिय संग्रहालय रहेको स्थान पोखरा रातोपहिरोमा दिउँसो हुने अन्तरक्रिया कार्यक्रम सकिए लगत्तै पोखरामा दोब्बर पर्यटकलाई कसरी भित्रयाउन सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम राखिएको आयोजकले बताएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको यस वर्षको नारा वुमन मुभ माउन्टेन रहेको छ । यस नारालाई लिएर महोत्सवको दोस्रो दिन वुमन मुभ माउन्टेन शिर्षकमा छलफल कार्यक्रम गरिँदैछ । महोत्सवमा दुुबै दिन साहसिक खेललाई समावेश गर्दैै
जीपलाइन पनि राखिएको छ । नेपाल पर्वतारोहण संघले डिसेम्बर ११ मा हरेक वर्ष अन्तर्राष्ट्रिय पर्वतीयसंग्रहालयको सहकार्यमा यो महोत्सव आयोजन गर्दै आएको छ । २ दिने महोत्सवमा प्रवेश निःशुल्क रहेको छ ।



काठमाडौं

बिहिबार, माघ २४, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन